Comments Add Comment

कतारमा विप्लवले खोले माओवादी पार्टी

३ साउन, कतार । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कतार पुगेका छन् । कतारमा श्रम गर्न पुगेका नेपाली युवालाई समेटेर पार्टी गठन गर्न उनी कतार पुगेका हुन् ।

कतारको दोहास्थित भिल्लामा नेपाली जनप्रगतिशील मोर्चा कतारको पाँचौं अधिवेशनको उद्घाटन गर्न विप्लव कतार गएका हुन् । अधिवेशनबाट मोहन केसीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा रेशम पौडेल र गुमान सिं सुनार, महासचिवमा रामचन्द्र पौडेल, सचिवमा कविराज क्षेत्री र कोषाध्यक्षमा हेम कार्की चयन भएका छन् ।

Biplav-Protest-At-Ktm-7त्यस्तै सदस्यहरुमा राज धमला, पवन श्रेष्ठ, रविन पुन, श्रवणराम, कृष्ण कुँवर, जयमणी जैशी, कोकाटु राजवंशी, रेशम सापकोटा, बिनोद ढुङ्गाना, विवेक मल्ल, राजेन्द्र लिम्बु, कलाधर शर्मा, पतिराम साफी, अर्जुन बुढामगर, राज चौधरी, शिवकुमार श्रेष्ठ, बसन्त बिक, प्रमिला तामाङ्ग, लक्ष्मी श्रेष्ठ, केशर तामाङ्ग, बुढीबहादुर तामाङ्ग र देव राना रहेका छन् ।

मोर्चाको सल्लाहकारमा रमेश गिरी, गणेश भण्डारी, किशोर सुवेदी, श्रीकृष्ण भट्टराई, प्रकाश दर्नाल र आरपी थुलुङ्ग चयन भएका छन् ।

नेकपा माओवादीका महासचिव विप्लवले अधिवेशनलाई सम्बोधन गर्दै आजसम्म ७ वटा संविधान बनिसकेका र सबै अपूर्ण रुपमा नै जनतामाझ पुग्ने गरेको बताए । उनले माओवादीसँग गरिएका सबै सहमती उल्टाएर जनमुक्ति सेनालाई घर फर्काइएको, भुमिसुधार र जनसत्ता खोसिएको भन्दै आन्दोलनका लागि उठ्न आहृवान गरे । अहिले क्रान्तिका लागि हतियार बोक्न तयार युवाहरु बेल्चा बोक्न बाध्य भएको उनको भनाई थियो ।

उनले छिमेकी मुलुक चीन र भारतले नेपालको हितमा नबोले अनिश्चितकालका लागि नेपाल बन्द गर्ने चेतावनी दिए । भारत र चीनबीच भएको लिपुलेक सम्झौता, भूकम्पपीडितलाई बाँडिएको राहतमा भ्रष्टाचार र संविधानको मस्यौदाविरुद्ध साउन ८ गने विप्लव माओवादीले नेपाल बन्दको आहृवान गरेको छ ।

कार्यक्रममा बोल्दै विदेश विभाग इन्चार्ज बास्तोलाले राज्यसँग भएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै कमजोर व्यवस्थालाई बदल्न कान्ति आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेकपा माओवादीका विदेश विभाग इन्चार्ज धमेन्द्र बास्तोला, जनप्रगतीशील मन्चका संरक्षक सनिकुमार वली, नेपाली जनसम्पर्क समितिका सभापती बिमल सुबेदी, प्रवासी मञ्चका उपाध्यक्ष गणेश शिवा लगायतको उपस्थिति थियो ।

अधिवेशन संयोजक गणेश भण्डारीले अध्यक्षतामा भएको कार्यक्रममा बाग्लुङ्ग सेवा समाजका अध्यक्ष रमेश भट्ट, बुद्धिजिवी हेमबहादुर बस्नेत, करिमबक्स मियाँ , नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, प्रवासी जनजाती महासंघका प्रथम उपाध्यक्ष देवराज राई, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडे, एनआरएनए कतारका महासचिव बिनोद भट्टराई, जनप्रगतीशील मञ्चका सुशील खड्का, एनआरएनएका पूर्व उपाध्यक्ष सागर नेपाल, नेपाली एकता समाजका उपाध्यक्ष मदन श्रीस लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment