Comments Add Comment

म अर्थमन्त्री रामशरण भएको भए यस्तो बजेट ल्याउँथें !

अरुणकुमार सुवेदी
सम्मानीय सभामुख महोदय ,
१. विगत ६५ वर्षदेखिको आर्थिक विकास र सामाजिक न्यायप्रतिको नेपालीजनताको तीब्र आकाक्षालाई अनुभुति गर्दै आर्थिक सामाजिक नीति र विकासको नयाँ मोडेलका साथ समुन्नत राष्ट्रको लहरमा नेपाललाई उभ्याउने नेपाली चाहानालाई संवोधन गर्ने दायित्व बोध सहित आ.व. २०७२ /२०७३को बजेट प्रस्तुत गर्न गइरहेको छु ।
Ramsaran Mahat (1)
२. विगतमा लिएका आर्थिक सामाजिक नीतिहरु र विकास मोडेलले सम्पुर्ण जनतालाई अपेक्षित रुपमा समेट्न नसकेको र असफल भएको कष्टकर यर्थाथलाई स्वीकार्नै पर्ने समय आएको छ । विगत लामो समयदेखि राष्ट्रको आर्थिक सामाजिक नीति निर्माता र विकास मोडेल निर्माताका रुपमा म स्वयम विभिन्न भूमिकाले संलग्न रहेको स्वीकार गर्दछु । यी असफलताका कारणले निर्माण भएको परिस्थितिप्रति जिम्मेवार छु र आफ्नो पहिलेको सोच र भूमिकाबाट राष्टलाई पर्न गएको नकारात्मक प्रभावप्रति आत्मालोचना गर्दछु । यसर्थ आमूल परिर्वतनको पक्षमा उभिन गएको छु । यस मानेमा यो बजेट पुराना बजेटको सोच, नीति र मोडेलको निरन्तरताको श्रृंखला नभएर नयाँ श्रृंखलाको प्रथम बजेटका रुपमा ग्रहण गर्न सबैमा अनुरोध गर्दछु ।

३. सर्वप्रथम विनाशकारी भूकम्पवाट जीवन गुमाउने दिदीबहिनी तथा दाजुभाइ एवं विदेशी नागरिकप्रति श्रद्धासुमन  अर्पण गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै यस महाविपत्तिको सामना गर्दै यसलाई नेपालको नवनिर्माण गर्ने शक्तिमा परिणत गर्न सक्षम हुनेछाैं भन्ने विश्वास लिएको छु ।

४.यसमा यथेष्ट स्रोत, सुगम बन्दै गएका विकट भौगोलिक स्थानहरु का बाबजुद खोज, राहात र उद्धारमा सरकारले अपेक्षित कार्य गर्न गराउन सकेन भन्ने भूकम्प पीडित जनताको गुनासोप्रति हामी सजग छौं । त्यस्तो पर्न गएकोमा मुलुक अर्थमन्त्रीको हैसियतले विनम्रतासाथ क्षमायाचना गर्दछु । स्रोत र साधनको यथोचित व्यवस्थापन गर्न नसक्नु र वैदेशिक सहयोगको व्यवस्थापन समेतमा केही कमजोरी भएको सत्य हो । सरकार यति ठूलो परिमाणको विपद व्यवस्थापनको पूर्वतयारीमा पनि चुकेको सत्यलाई जिम्मेवार जनप्रतिनिधिको  हैसियतले म स्वीकार्छु । यसका वावजुद पनि स्वविवेक र स्वस्फूर्तरुपमा नेपाली जनता र सरकारी संयन्त्रको सहकार्यमा जुन व्यवस्थापन भयो, त्यसप्रति उच्च गर्व गर्नैपर्छ ।

अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी

५. विपदको घडीमा आफ्नै परिवारमा परेको पीडा समेतबाट किञ्चित विचलित नभई खोज, उद्धार तथा राहतमा अहोरात्र खट्ने सबै स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पत्रकार एवं सहयोगमा हात बढाउने मित्रराष्ट्र र सहृदयी मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

६. प्रतिकुलताका वावजुद छोटो समयमा विपदपछिको आवश्यकता पहिचान गरी प्रतिवेदन सार्वजनिक भएको छ । यसलाई नेपालको परिवर्तित आर्थिक सामाजिक नीति र विकास मोडेलसँग तादाम्य राखी उपयुक्त समाधान गरिने छ ।

७. यसैवीच भूकम्पपछिको  नेपालको पुनःनिर्माणका लागि अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्यसमा आएका प्रतिवद्धता र आश्वासनलाई नयाँ आर्थिक-सामाजिक नीति र विकास मोडेलका प्राथमिकतासँग तादाम्य राखेर उपयोग गरिनेछ । सम्मेलनमा सहभागी मित्रराष्ट्रहरु र दातृ निकायहरुमा सहयोग र सदाशयताका लागि हार्दिक आभार व्यक्त गर्दछु । विशेष गरेर हाम्रा दुई छिमेकीहरुको  हामीप्रतिको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दछु ।

८. राष्ट्रको समग्र आर्थिक विकास र उप्रान्त अवलम्वन गर्ने मोडेलमा राष्ट्रले व्यवस्थापन गर्ने स्रोतको सापेक्षमा भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माणलाई सानो अंश बनाइनेछ । ठूलो समस्याका रुपमा प्रस्तुत गरिएको भूकम्पपछिको पुनःनिर्माणलाई नयाँ आर्थिक मोडलले सहजै समाधान गर्न सक्ने छ ।

सम्मानीय सभामुख महोदय,
९. विगतका आर्थिक सामाजिक नीतिका असफलताले मुलुकमा ठूलो विग्रह र विद्रोह निर्माण भएकोमा दुई मत छैन । केही वर्ग र समुदाय उपेक्षित रहेबाट मुलुकको सांस्कृतिक विविधतामा समेत अतिक्रमण भई पहिचान गुमाउन गएको यर्थाथ यत्रतत्र देखिन्छ । अब पनि युगान्तकारी सुधार गर्न नसकेमा मुलुकको विविधतामूलक पहिचानका फूलहरुको निजत्व अतिक्रमित हुँदै जाने, युवाहरु पलायन वा विद्रोहतर्फ उन्मुख हुने स्थिति अझ बढ्न जानेछ । जसको विस्फोटक परिणतिलाई मुलुकले धान्न नसकी विखण्डनमूलक अराजकतामा जाने यर्थाथलाई स्वीकार्ने बेला भएको छ ।

१०. आगामी आर्थिक वर्षको बजेट तयार पार्दा व्यवस्थापिका संसदले पारित गरेका संकल्प प्रस्ताव, विनियोजन विधेयकको सिद्धान्त, नेपालको अन्तरिम संविधान, तेह्रौं योजना, सरकारको नीति तथा कार्यक्रमलाई बजेटले तर्जुमा गरेको महत्वाकांक्षी युगान्तकारी मोडेलमा समायोजन गरिएको छ ।

११. चालु आ.व. २०७१/ ७२ को समग्र आर्थिक स्थितिको विश्लेषण गरिएको आर्थिक सर्वेक्षण हेर्दा स्वभाविक निरासा र लघुता उत्पन्न भएको छ । त्यसको यर्थाथ विवरण सम्मानित सदनमा पेश भइसकेको छ । क्रमश…..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment