Comments Add Comment

महिलाको बिभत्स हत्या, टाउको भेटिएन

निमुसंगम घर्ती
८ साउन, दाङ । दाङमा एक महिलाको बिभत्स हत्या भएको छ । घोराही नगरपालीका ४ चौघेराको श्रीकृष्ण टोलमा ५६ वर्षकी देवकी बिश्वकर्माको घर नजिकैको कटेरोमा बिभत्सरुपले हत्या भएको हो । देवकी २५ बर्षदेखि त्रिपुर नगरपालीका ४ सौरीमा दाजु डम्बरबहादुर बिश्वकर्माको घरमा बस्दै आएकी थिईन ।

बिहीबार बहिनी विमला बिश्वकर्माको घर चौघेरा आएकी देवकीको सोही राति हत्याभएको र शुक्रबार बिहान शव फेला परेको थियो । उनको शरीरमा धारिलो हतियार प्रहार गरिएको छ । मृतकको टाउको भने घटनास्थलमा भेटिएको छैन् । शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको शव गृहमा राखिएको छ ।

देवकी मानसिक रोगी रहेको दाजु डम्बरले बताए । हत्यामा संलग्नको खोजी कार्य भैरहेको दाङका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment