Comments Add Comment

पश्चिमाञ्चलमा ७८ प्रतिशत रोपाईं सकियो

Ropai Ashar 15 (16)

सन्देश श्रेष्ठ
११ साउन, पोखरा । पश्चिमाञ्चल क्षेत्रमा हालसम्म ७८ प्रतिशत रोपाईं सम्पन्न भएको छ । पश्चिमाञ्चलमा कुल खेतीयोग्य जमिन ३ लाख १५ हजार ४ सय ३८ हेक्टर क्षेत्रफल रहेकामा आईतवारसम्म ७८ प्रतिशत रोपाईं भएको वरिष्ठ कृषि प्रसार अधिकृत हृदयनाथ घिमिरेले जानकारी दिए ।

गत वर्ष साउन ८ गतेसम्म पश्चिमाञ्चलमा ७३ प्रतिशत र साउन १५ गतेसम्म ८५ प्रतिशत रोपाईं सम्पन्न भएको थियो ।

सबैभन्दा धेरै रोपाईं नवलपरासीमा

पश्चिमाञ्चलका जिल्लाहरुमध्ये हालसम्म सबैभन्दा बढी नवलपरासीमा ९८ प्रतिशत रोपाईं भएको छ । सबैभन्दा कम गोरखामा ५५ प्रतिशत मात्र रोपाईं भएको वरिष्ठ कृषि प्रसार अधिकृत घिमिरेले जानकारी दिए ।

त्यस्तै, पर्वतमा ९० प्रतिशत तथा कास्की, बाग्लुङ र अर्घाखाँचीमा ८५-८५ प्रतिशत रोपाईं भएको छ ।

घिमिरेका अनुसार तनहुँमा ७८ प्रतिशत रोपाईं भएको छ भने स्याङ्जा, म्याग्दी र रुपन्देहीमा ७५-७५ प्रतिशत रोपाईं भएको छ । लम्जुङ, पाल्पा, गुल्मी र कपिलवस्तुमा ७० प्रतिशत मात्रै रोपाईं भएको बरिष्ठ कृषि प्रसार अधिकृत घिमिरेले जानकारी दिए ।

उनले वर्षाका कारण गोरखासहित केही जिल्लामा रोपाईं ढिलो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment