Comments Add Comment

मधेस देशको कुरा गर्नेलाई बाबुरामले भने- अखण्ड नेपालभित्र स्वायत्त मधेस

Baburam-Bhattrai

११ साउन, काठमाडौं । संवैधानिक राजीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अखण्ड नेपालभित्र स्वायत्त मधेस खोज्न आग्रह गरेका छन् । साथै उनले मधेसी नै नेपाली मुलको हुन्छ भन्ने ढंगले सोच्न र नेपालकै नेतृत्व गर्ने ढंगले अघि बढ्न सुझाएका छन् ।

एमाओवादी वरिष्ठ नेता समेत रहेका नेता भट्टराईले गरेको छलफलमा मधेसका नेता तथा वुद्धिविजीले मधेस प्रदेशको माग सुनुवाइ नभए देशको माग उठ्ने बताएका थिए ।

जवाफमा भट्टराईले स्वतन्त्रता आन्दोलनलाई बल दिनु नहुने बताए । ‘स्वाभिमान र अधिकारका लागि विद्रोह गर्न पाउँछ । तर, अहिले त्यो स्थिति आएको छैन’ भट्टराईले भने-‘दमनकै भरमा शासन सत्ता टिकाउन सक्दैन ।’

शोषण र उत्पीडनमा परेको समुदायमा विवेकसँगै आवेग पनि हुने भन्दै उनले मधेस सबैभन्दा ठूलो उत्पिडित रहेको बताए । उनले भने-‘मधेसले पूर्ण रुपमा समानता र स्वायत्ताता प्राप्त गर्नुपर्छ । अखण्ड नेपालभित्र स्वायत्त मधेस हुन्छ ।’

कतिपयलाई किन देशमा बस्ने अलगिएर जाउँ भन्ने हुन सक्ने भन्दै उनले भने-‘व्यवहारिक रुपमा नेपालको विविधिताभित्र एकता कायम गरेर जानु नै सबैको हितमा हुनेछ । उत्पीडित भयो भनेर अलग राज्य बनाएर जान्छौं भन्यो भने ‘कराईबाट उफि्रएको माछो भुख्रो’मा हुन्छ भने जस्तो हुन्छ ।’ भट्टराईले समानताका लागि हुने संघर्षमा आफू अग्रपङ्ग्तीमा हुने समेत बचन दिए ।

नामांकन र सीमांकन विनाको संघीयता न्याय पूर्ण नभएको भएपनिसबै गुम्छ भने आधा छोडेर भएपनि आधा बचाउँ भनेर सम्झौता गरेका भट्टराइले बताए । तर, अहिले सीमांकन हुनुपर्छ भन्ने आवाज उठेको भन्दै उनले भने-अब नयाँ ढंगले सोच्नुपर्छ । सीमांकनसहित जानुपर्छ, अब कसैले पनि रोक्न सक्दैन ।’

उनले नागरिकताबारे अन्तरिम संविधानभन्दा पछि हट्नु गलत भएको भन्दै सच्याउन गृहकार्य भइरहेको जानकारी दिए । आमा वा बाबु भनेर राख्ने सके राम्रो हुने तर, नसकिए नेपालमा जन्म भइ भन्ने शब्द हटाउने तथा अंगृकृतबारे अपब्याख्या गर्ने ठाउँ नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment