Comments Add Comment

गाविस गाभ्ने निर्णयको पाँच दलद्वारा विरोध

१२ साउन, झापा । झापाको ज्यामिरगढी गाउँ विकास समितिलाई मेचीनगर नगरपालिकामा गाभ्ने सिफारिसप्रति स्थानीय पाँच राजनीतिक दलले विरोध जनाएका छन् ।

एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल सद्भावना पार्टी र सद्भावना पार्टीले गाविसलाई गाभ्ने सिफारिस जनभावना विपरीत भएको दाबी गर्दै सिफारिस बदर गर्न माग गरेका छन् ।

झापाको जिविस र जिल्ला प्रशासन कार्यालयले ज्यामिरगढी गाविसलाई मेचीनगरमा गाभ्ने सिफारिस पठाएको हालै सार्वजनिक भएको थियो ।

मंगलबार बिहान बसेको पाँच दलको बैठकले जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा सिफारिस बदरका लागि ज्ञापनपत्र बुझाउने र घरघरमा पुगेर जनताको हस्ताक्षर सङ्कलन गर्ने निर्णय गरेको एमाओवादी ज्यामिरगढी गाउँ कमिटीका अध्यक्ष हरि दाहालले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment