Comments Add Comment

ब्रोडको एसेजकै उत्कृष्ट बलिङ, अष्ट्रेलिया ६० रनमा अलआउट

Stuart-Broad

२१, साउन काठमाडौं । इंग्ल्याण्डका स्टुअर्ट ब्रोडले उत्कृष्ट बलिङ एसेजको चौथो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया ६० रनमै अलआउट भएको छ ।

नटिङघममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गर्‍यो । उसका क्रिस रोजर्स र स्टिभ स्मिथ पहिलो ओभरमा नै आउट भए । सन् २००३ पछि टेष्टमा पहिलो ओभरमा नै दुई वा सो भन्दा बढी विकेट गुमेको यो पहिलो पटक हो ।

दोस्रो ओभरमा डेभिड वार्नर शुन्यमै आउट भए । लगातार विकेट झर्ने क्रम रोकिएन र अष्ट्रेलियाले २१ रन जोड्दा ५ विकेट गुमायो । एसेजमा अष्ट्रेलियाले ७५ वर्षपछि पहिलो पटक २१ वा सोभन्दा कम रन बनाउन ५ विकेट गुमाको हो ।

ब्रोडको बलिङका अगाडि अष्ट्रेलियन ब्याट्सम्यानले घुँडा टेकेपछि पाहुना टोली अष्ट्रेलिया १८.३ ओभरमा ६० रन जोड्दा अल आउट भयो ।

ब्रोड एक्लैले ९.३ ओभरमा १५ रन दिएर ८ विकेट लिए । यो एसेजको सुरुवाती पारीमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । यसअघि १९९७ मा ग्लेन म्याग्राले ३८ रन दिएर ८ विकेट लिएका थिए ।

यससँगै ब्रोडले फ्रेड ट्रुम्यानको ३०७ विकेटको कीर्तिमानसँग बराबरी गरेका छन् । बिहीबार नै आफ्नो पहिलो पारी थालेको इंग्ल्याण्डले लन्च अघि १३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment