Comments Add Comment

योगेन्द्र यादव पक्राउ, केजरीवालको विरोध

२६ साउन, काठमाडौं । आम आदमी पार्टीका पूर्व नेता यागेन्द्र यादवलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । दिल्लीका मुख्यमन्त्री एवं आपका संयोजक अरविन्द केजरीवालले यसको विरोध गरेका छन् ।
Yogendra-Yadav
सोमबार राति अबेर जन्तरमन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरीले योगेन्द्रलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आपबाट अलग भएपछि योगेन्द्रले स्वराज अभियान चलाएका छन् र यसले भूमि अधिग्रहण बिलको विरोध गर्दै आएको छ ।

पूर्व सहकर्मी योगेन्द्रलाई पक्राउ गरेकोमा दिल्लीका मुख्यमन्त्री केजरीवालले विरोध गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, दिल्ली पुलिसले योगेन्द्रजीसँग जुन व्यवहार गरेको छ । म यसको निन्दा गर्छु । उनी शान्तिपूर्ण तरिकालले प्रदर्शन गरेका थिए । यो उनको मौलिक अधिकार हो ।’

यसै वर्ष केजरीवालसँगको मतभेदपछि आम आदमी पार्टीले योगेन्द्र यादवलाई पार्टीबाट निस्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment