Comments Add Comment

फेरि बाराणसीबाट चुनाव लड्ने भए मोदी

७ चैत, काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी)ले लोकसभा चुनावका लागि आफ्नो उम्मेदवारको पहिलो सूची सार्वजपाक गरेको छ, जसअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी एक पटक फेरि बाराणसीबाट चुनाव लड्ने भएका छन् ।

पार्टी अध्यक्ष अमित शाह भने गान्धीनगरबाट चुनाव लड्नेछन् । गृहमन्त्री राजनाथ सिं लखनउ, स्मृति इरानी अमेठी, भीके सिंह गाजियाबादबाट चुनाव लड्नेछन् ।

यो पटक टिकट दिँदा विधानसभा चुनावको परीणामलाई खास ध्यान दिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment