Comments Add Comment

भारतका दुई वालवालिका सगरमाथाको आधार शिविरमा

२७ साउन, काठमाडौं । पाँच वर्षका भारतीय बालक र आठ वर्षीया बालिका सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुगेर कीर्तिमान राखेका छन् ।

mount everestग्लावियरका कन्दर्प शर्मा र उनका दिदी रितिका अभिभावकसँगै ५ हजार ३८० मिटरको उचाइमा अवस्थित आधार शिविर पुगेका हुन् ।

योसँगै उनीहरुले कम उमेरमा सगरमाथाको आधार शिविरमा पुग्ने व्यक्तिगत सँगै दिदी भाइको कीर्तिमान पनि बनाएका छन् ।

कन्दर्प ५ वर्ष १० महिनामा छन् भने रितिका ८ वर्ष ११ महिनाका हुन् । उनीहरु मध्य प्रदेशको लिटिल एन्जल्स स्कुलमा अध्ययनरत छन् ।

कन्दर्प र रिकितासँगै उनीकी आमा ममता कालापत्थरमा पनि पुगेका छन् । गत वर्ष भारतीय नागरिक हषिर्त आधार शिविरमा पुगेका थिए र उनको उमेर ५ वर्ष ११ महिना थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment