Comments Add Comment

नेपाली चाडबाडको अवसरमा अमेरिकामा धमाका

विजय थापा

वाशिंगटन डीसी । नेपालीहरुको महत्वपूर्ण चाड तिज, दशैं तथा तिहारको अवसरमा अमेरिकामा संगितिक कार्यक्रम गरिने भएको छ । नेपाली चाडवाडको अवसरमा अमेरिकाको पेंसेलभेनिया राज्यको पिट्सबर्गमा अगस्त २९ तारिखमा सांगितिक कार्यक्रम गरिने भएको हो ।

कार्यक्रमलाई भब्य बनाउन तयारी तीब्र पारिएको आयोजक वल्र्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक बुद्धीप्रसाद रेग्मीले बताए ।

USA dhamakaअमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा अमेरिकामा रहेका नेपाली तथा भुटानी संघ तथा संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहने रेग्मीले बताए ।

जितु नेपालदेखि बद्री पंगेनीको उपस्थिति रहने

कार्यक्रममा नेपालका चर्चित हाँस्य कलाकार जितु नेपाल तथा लोक कालकारहरु बद्री पंगेनी, शिला आले, नृत्यांगना निरु खड्का -निर्मली) लगायतको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैगरी अमेरिकामा रहेका गायकद्वय ढकाल ब्रदर (कृष्ण तथा मनोज) भुटानी समुदायका ख्याती प्राप्त कलाकारहरुले पनि प्रस्तुति देखाउने भएका छन् ।

कलाकारहरु अगस्त २७ तारिखमा अमेरिका आई पुग्ने र अगस्त २९ देखी नोवेम्बर १ सम्म अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी गर्ने रहेको कार्यक्रम रहेको छ ।

मेरिल्याण्ड र पेंसेल्भानियाका लागि नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतले कार्यक्रमले भुटानी तथा नेपाली संस्कृतिको जगेर्ना गर्न अर्थपूर्ण संदेश दिने विश्वास ब्यक्त गरे ।

कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पीडितलाई सहयोग स्वरुप राजदुत डा अर्जुन कुमार कार्कीलाई नोवेम्बर १ तारिखमा कार्यक्रमको समापन समारोहमा बाल्टिमोरमा हस्तान्तरण गरिने रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment