Comments Add Comment

एनआरएन यूएईको एलऐन क्षेत्रको नेतृत्व नेपालीको हातमा

यूएई । गैरआवासीय नेपाली संघ (एनआरएन) यूएर्इको अलऐन क्षेत्रको अध्यक्षमा मीनबहादुर नेपाली चुनिएका छन् । एलऐन क्षेत्रीय अधिवेशनले नेपालीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

UAE chetriya electionसमितिको उपाध्यक्ष मोहन बोगटी, सचिब जेके सागर, सह-सचिब प्रदीप ज्ञवाली, कोषाध्यक्ष अञ्जली आचार्य निर्वाचित भए ।

अधिवेशनले सेप्टेम्बर ४ मा दुबईमा हुन गइरहेको संघको पाँचौ महाधिबेसनका लागि २० जना महाधिवेशन प्रतिनिधि (पार्षद सदस्य) समेत चयन गरेको छ ।

एनआरएन यूएईको अधिवेशन अघि क्षेत्रीय अधिवेशनले माहौल तातेको छ । यूएईमा रहेको ६ वटा क्षेत्रीय समिति मध्य गत हप्ता शारहजा र शुक्रबार अलऐन, रसलखेमा, फुजेरा र आबुधावीमा सम्पन्न भइसकेको छ भने दुबई तथा अन्य क्षेत्रमा आगामी अगष्ट २१मा हुदैछ भने एनआरएनए यूएईको अधिवेशन सेप्टेम्बर ४ मा हुँदैछ ।

निवर्तमान अध्यक्ष धर्मराज सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष कृष्ण भुसाल, एनआरएन यूएईका महासचिब गोपाल कंडेल, नेपाली जनसंपर्क समिति युएईमा अध्यक्ष चित्र केसी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment