Comments Add Comment

नयाँ संविधान गधाको घाँटीमा गोरुको ट्याग जस्तो : अशोक राई

१ भदौ, धनगढी । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले अहिले बन्न लागेको संविधानलाई गधाको घाँटीमा गोरुको ट्याग झुण्ड्याए जस्तो भनेर टिप्पणी गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

मंगलबार धनगढीमा संचारकर्मीसँग कुराकानी गर्दै राईले ०४७ सालकै संविधानलाई नयाँ कभर राखेर शीर्ष नेताहरुले जनताको आँखामा छारो हाल्न खोजेको आरोप लगाए ।

उनले भने, ‘शीर्ष नेताहरुले अहिले मनोमानी ढंगबाट पुरानै ४७ सालको संबिधानलाई नयाँ कबर राखि जारी गर्न खोजेका छन्, यो हामीलाई कदापी मान्य हुदैन ।’

१६ बुँदेबाट पछाडि हटेर अहिले ६ प्रदेशमा गरेको सहमतिको कुनै तुक नरहेको जिकिर गर्दै उनले तत्काल यो सीमांकन खारेज हुनुपर्ने बताए ।

‘हामी कुनै पनी हालतमा ६ प्रदेशको सिमांकन मान्ने वाला छैनौ, यो खारेज नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ, त्यसका लागि चाहे जस्तोसुकै कदम किन चाल्न नपरोस्, हामी लगातार लडिरहन्छौं,’ राईले भने ।

कैलाली र कञ्चनपुरमा जारी थरुहट पक्षधरको आन्दोलन जायज रहेको समेत उनले बताए ।

– नृप रावलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment