Comments Add Comment

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता बन्यो

Nepal-U-19-650

७ भदौ, काठमाडौं । बंगलादेशलाई पराजित गर्दै नेपाल पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलमा समूह एको विजेता बनेको छ ।

सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै ६ अंक जोडेको नेपाल समूह विजेता बन्यो । यसअघि नै सेमिफाइनल पुगेको बंगलादेश उपविजेता बनेको छ ।

Nepal-U-19

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले ११ औं मिनेटमा रोहित सरकारको गोलबाट अग्रता लिएको थियो । तर, १८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्यसअघि बिमल घर्ती मगरको प्रहार बंगलादेशका गोलरक्षकले मुस्किलले बचाका थिए ।

दोस्रो हाफमा बंगलादेशले खेलमा केही सुधार ल्याएको थियो । तर, ६४ औं मिनेटमा नेपालका सुनिल बलको प्रहार केही बाहिर रहृयो । ७४ औं मिनेटमा विमल घर्ती मगरको प्रहार बंगलादेशका गोलरक्षकले मुस्किलले बचाए ।

खेल बराबरीतिर उन्मुख भएको बेला अन्तिममा नेपालका अन्जन तामाङले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment