Comments Add Comment

फर्किएकै हुन् त नेपाली फिल्मका दर्शक ?

nepali-darsak
यस्तो लाग्दैछ, भुकम्पपछि नेपाली चलचित्रका दर्शक फर्किएका छन् । नेपाली चलचित्र हेर्न अहिले हलमा पुगेका दर्शकको भिड हेर्दा लाग्छ, अब नेपाली चलचित्रले भोग्दै आएको व्यापारिक शुन्यता सकिएको छ ।

वैशाख ११ गते नै चलचित्र ‘रेशम फिलिली’ हेर्न दर्शकको भेल हलमा लागेको थियो । यसबाट पनि अब दर्शक हलसम्म आउन थाले भन्ने अनुमान गरिएको थियो । तर, वैशाख १२ गते भुकम्प गएपछि केही समय सुस्ताएको चलचित्रको बजार अहिले जुरमुराएको छ । जेठ, असार र साउनमा केही चलचित्र प्रदर्शनमा आएपनि तिनको व्यापार सामान्य थियो । तर, भदौबाट नेपाली चलचित्र हेर्न दर्शकको क्रेज ह्वात्तै देखिएको छ । भाद्र ४ बाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल रिटन्र्स’को व्यापारलाई हेर्ने हो भने पनि सुखद छ । पहिलो सातामा डेढ करोड माथिको ग्रस कलेक्शन गरेको यो चलचित्र दोश्रो  सातामा पनि राम्रो कमाइका साथ चलिरहेको छ ।

५ बर्षपछि नेपाली चलचित्रमा फर्किएका सुपरस्टार निखिल उप्रेतीले आफैले निर्देशन गरेको चलचित्र ‘भैरव’ले २ दिनमा नै १ करोड माथिको ग्रस कलेक्शन गरेको खबर आइरहेको छ । शुक्रबार र शनिबार काठमाण्डौका हलमा देखिएको भिडले पनि पुष्टी गर्छ, नेपाली चलचित्रका दर्शक फेरि हलसम्म फर्किएका छन् ।

पुन प्रदर्शनमा आएको चलचित्र ‘रेशम फिलिली’ले पनि राम्रै व्यापार गरिरहेको खबर छ । एक साताको अन्तरमा प्रदर्शनमा आएका ३ चलचित्रको व्यापारले पनि यो कुरा पुष्टी गर्छ कि स्टारडम, प्रचारप्रसार र गतिलो कथावस्तु भएको खण्डमा नेपाली चलचित्र हेर्ने दर्शक पक्कै छन् । भारतका चर्चित कलाकारका चलचित्रलाई विस्थापित गर्दै नेपाली कलाकारलाई हेर्न दर्शकको भिड जसरी हलमा उर्लिएको छ, यसले अब नेपाली चलचित्रमा चुनौती र आशा दुबै थपिदिएको छ ।

नवुझेर चलचित्र बनाउने, मनलाग्दी निर्माण गर्ने, कथावस्तुलाई सस्तो बनाउने भन्दा पनि बर्षमा कम तर उत्कृष्ट चलचित्र बन्न जरुरी छ । पक्कै पनि नेपाली चलचित्रका दर्शक फर्किएका छन् । तर, यी फर्किएका दर्शकलाई भड्काउने काम भने नगरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment