
५ चैत, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सल्यानले होली पर्वलाई सभ्य बनाउन आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्रहरीले होली खेल्न विभिन्न १० नियम पालना गर्न भनेको छ ।
होलीमा विभिन्न उच्छृङ्खल क्रियाकलाप र अप्रिय घटनासमेत हुने भएकोले समुदायको साझेदारीमा प्रहरीले होलीमा पालना गर्नुपर्ने नियम बनाएर सार्वजनिक सूचना जारी गरेको हो ।
प्रहरीले जारी गरेको सूचनामा सम्भ तरिका अपनाउनुपर्ने, लोला अण्डा तथा फोहोर पानी प्रयोग नगर्ने, अरुलाई जवरजस्तै रंग र अविर दल्न नहुने, मादक पदार्थ सेवन गर्न नहुने उल्लेख गरिएको छ ।
यस्तै, पर्वको नाममा ट्राफिक नियम उल्लंघन नगर्न, हानिकारक केमिकलयुक्त रसाय पेन्ट वा असर गर्ने रंगको प्रयोग नगर्न, अरुलाई असर पर्ने गरी चर्काे स्वरमा म्युजिक नबजाउन प्रहरीले अपील गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4