Comments Add Comment

शिक्षा मन्त्रालयको प्रवक्ता भन्छन्-माथेमा आयोगको ७३ बुँदा कार्यान्वयनमा गइसक्यो

१४ भदौ, काठमाडौं । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले डा. केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षासम्वन्धी आयोगले बुझाएको प्रतिवेदनमा ७३ वटा सुझाव कार्यान्वयनमा गइसकेको बताएका छन् ।

Hari-Prasad-Lamsalअध्ययन समितिले आयोगको सुझावलाई ८५ क्याटोगोरीमा राखेर ७३ वटा तत्काल कार्यान्वयन गर्न सक्ने भनेको र त्यसलाई तत्काल कार्यान्वयनको लागि पठाइएको उनले बताए

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा शिक्षा मन्त्रालयका प्रवक्ता लम्सालले भने-माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन र डा. गोविन्द केसीको मागको विषयमा सरकारले केही गरिरहेको छैन भन्ने कुरा गलत हो ।’

बाँकी १२ वटा सुझाव कार्यान्वयनमा केही नीतिगत र कानूनी समस्या रहेको भन्दै उनले यसबारे सरकारले छलफल गरिरहेको बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनी कुमार झाले डा. गोविन्द केसीले उठाएको माग पनि पुरा हुने र निजी लगानीकर्ताहरुको लगानी पनि नडुब्ने गरी समाधान खोज्नु पर्ने बताए ।

सरकारले समस्यालाई समाधान गर्न गम्भीरता देखाएर वार्ता टोली गठन गर्नु पर्ने उनको सुझाव छ । उनले भने-‘वार्ता टोली गठन गरेर छलफल गर्ने हो भने यो समस्या दुई घण्टामा हल गर्नसक्छु ।’

नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष डा. एसके कनौडियाले निजी क्षेत्रलाई असर पार्ने गरी ल्याइएको केही सुझावमा छलफल गरेर बाँकी माथेमा आयोगको सुझाव कार्यान्वयन गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment