Comments Add Comment

एकैघरका दुई बालिकाको नहरमा डुबेर मृत्यु

१६ भदौ, कपिलवस्तु । वाणगङ्गा सिँचाइ प्रणाली नहरमा डुबेर एकै घरका दुई जना बालिकाको मृत्यु भएको छ ।

निग्लिहवा गाविस–९ का युसुब अन्सारीका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सात महिनाकी यसमिन अन्सारी र तीन वर्षकी अफ्रिन अन्सारी रहेका छन् ।

घर नजिकैको नहरमा कपडा धुने क्रममा आफ्नी आमा ताहेरा खातुनसँगै रहेका दुई बालिकामध्ये कान्छी यसमिन नहरमा डुबेपछि उनलाई बचाउन खोज्दा अर्की छोरी अफ्रिनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको अस्थायी प्रहरी चौकी जहदीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर क्षेत्रीले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment