Comments Add Comment

लेनोभोले ल्यायो तिनवटा क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन, सेल्फी क्रेजीको रोजाइमा पर्ने

lenovo

जर्मनीको बर्लिनमा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो आइएफएका क्रममा चिनिया इलेक्ट्रोनिक्स कम्पनी लेनोभोले तिनवटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ ।

भाइव एस वान नामको उक्त स्मार्टफोन सेल्फीका पारखीहरुको पहिलो रोजाइमा पर्ने पक्का छ । यो स्मार्टफोन विश्वको यस्तो पहिलो स्मार्टफोन बनेको छ, जसमा दुइवटा फ्रन्ट क्यामरा रहेको छ । यो क्यामराको मूल्य २९९ डलर तोकिएको छ ।

लेनोभो भाइव एस वान स्मार्टफोनमा रहेका दुइ सेल्फी क्यामरा मध्ये एउटा ८ मेगापिक्सेल तथा अर्को २ मेगापिक्सेलको रहेको छ । मुख्य रियर क्यामरा भने १३ मेगापिक्सेलको छ जसमा डुअल टोन फ्लास प्रविधि रहेको छ । यो स्मार्टफोन पर्ल व्हाइट तथा मिडनाइट ब्लु गरी दुइ रंगमा उपलब्ध रहेको छ ।

के के छन् फिचर्स ?

लेनोभोको यो अनौठो स्मार्टफोनमा ५ इन्चको फूल एचडी स्क्रिन रहेको छ । एन्ड्रोइड ५.० ललिपप अपरेटिंग सिस्टमबाट चल्ने यो स्मार्टफोनमा ६४ बिट अक्टाकोर प्रोसेसर रहेको छ । त्यस्तै ३ गिगाबाइट र्याम, ३२ गिगाबाइट इन्टर्नल मेमोरी तथा १२८ गिगाबाइट मेमोरी कार्ड सपोर्ट रहेको छ । यो स्मार्टफोनमा फोर जी कनेक्टिभिटी लगायतका फिसर्च समेत रहेका छन् ।

इलेक्ट्रोनिक्स शो का क्रममा लेनोभोले भाइब वानका अलावा अन्य दुइ स्मार्टफोन पनि पेश गरेको छ । त्यसमा भाइब पि वान तथा भाइब पि वान एम रहेका छन् । यी दुबै स्मार्टफोनमा ५ हजार मिलिएम्पियर आवर तथा ४ हजार मिलिएम्पियर आवर क्षमताका ब्याट्री प्रयोग गरिएको छ जुन निकै छिटो चार्ज हुने प्रविधिले युक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment