Comments Add Comment

शाओमीको चमत्कारिक चार्जर, १७ मिनेटमै स्मार्टफोन फुुल चार्ज

चिनियाँ कम्पनी शाओमीले निरन्तर नयाँ प्रविधि तथा डिभाइस ल्याइरहेको छ । पछिल्लोपटक शाओमीले एउटा विशेष प्रविधि सार्वजनिक गरेको छ, जसबाट तपाइँ आफ्नो स्मार्टफोन केवल १७ मिनेटमै फुल चार्ज गर्न सक्नुहुनेछ ।

शाओमीले आफ्नो १०० वाट सुपर चार्ज टर्बो फास्ट चार्जिङ्ग टेक्नोलोजीको घोषणा गरेको हो ।

कम्पनीका अनुसार यो चार्जरबाट ४ हजार मिलिएम्पियर आवर ब्याट्रीको स्मार्टफोन पूरा चार्ज हुनेछ ।

स्मरण रहोस् हुवावले हालै आफ्नो फोल्डेबल फोन मेट एक्सका लागि ५५ वाटको चार्जर ल्याएको थियो ।

शाओमीका अध्यक्ष लिन बिनले चिनियाँ सोसल साइट Weibo मा एक भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा शाओमीको 100W सुपर चार्ज टर्बो फास्ट चार्जिङ्ग टेक्नोलोजीबाट ४००० मिलिएम्पियर आवर ब्याट्रीवाला फोन केवल ७ मिनेट ५० प्रतिशत चार्ज भएको देखिन्छ । अनि ५० देखि १०० प्रतिशत चार्ज हुनका लागि यस फोनलाई थप १० मिनेट लाग्दछ ।

अर्थात् १७ मिनेटमा त्यो फोन फुल चार्ज हुन्छ । यो प्रविधि ओप्पोको सुपर VOOC चार्जिङ्ग भन्दा दोब्बर फास्ट छ । ओप्पोको सुपर चार्जिङ्गबाट ३७०० मिलिएम्पियर आवरवाला फोन १७ मिनेटमा ६५ प्रतिशत चार्ज हुन्छ ।

शाओमी रेडमी फोनका प्रमुख लू विबिंगले पनि घोषणा गरेका छन् कि यो प्रविधि पहिलेबाटै आम उत्पादनमा छ र रेडमी फोनमै पहिलोपटक यो प्रविधिको प्रयोग हुनेछ । यद्यपि शाओमीको यो प्रविधिका बारेमा अरु विस्तृतमा खुलाइएको छैन । यो प्रविधियुक्त चार्जर बजारमा कहिले आउने भन्ने कुरा पनि खुलाइएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment