Comments Add Comment

एनआरएनए मध्यपूर्व संयोजकमा आरके शर्माको उम्मेदवारी

दोहा । कतारका सफल ब्यबसायी मानिने आरके शर्माले गैरआवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

RK-sharmaसन् २००४ देखि कतारमा ब्यबसाय गर्दै आइरहेका शर्मा पहिलोपटक गैरआवासीय नेपाली संघको महत्वपूर्ण पदमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो कार्यकालका केही एजेण्डासमेत सार्वजनिक गरेका छन् । खाडी क्षेत्रको मुख्य एजेण्डा नेपाली श्रमिकको समस्या समाधान र त्यस क्षेत्रमा नेपाली ब्यबसायको प्रर्बद्धनलाई उनले आफ्नो मुख्य कार्यभारका रुपमा ब्याख्या गरेका छन् ।

उनले आर्थिक अभावमा अलपत्र परेका कामदारहरुलाई सम्बोधन गर्न खाडीमा छुट्टै कल्याणकारी कोष बनाउने योजना रहेको बताए ।  ‘एनआरएनएको खाडीको लागि हालसम्म आफ्नै कोष छैन् । हामीले आफ्नै कोष बनाउनुपर्ने जरुरी देखेको छु,’ उनले भने , ‘यो भएमा मात्रै पीडितको पक्षमा ठोस काम गरेको ठहर्छ ।’

शर्माले खाडीस्थित नेपाली दुतावासहरुको क्षमता अभिबृद्धि गर्न सरकारी तहमा निरन्तर प्रयास गर्नुका साथै दुई देशबीचको आर्थिक कुटनीति अभिबद्धिका लागि काम गर्ने बताए ।

‘हामीले श्रमिकका समस्यालाई न्यूनीकरणका साथै आर्थिक कुटनीतिक अगाडी बढाउन सामुदायिक तहबाट गर्नुपर्ने भूमिका निर्वाह हुनेछ’ उनले भने ‘खाडी संयोजक एनआरएनएलाई समवन्य मात्रै होईन परिचालन गर्नु पनि हो ।’
हाल उनी एनआरएन कतारको सल्लाहकार छन् ।

कतारमा हातमा गन्न सकिने सिमित सफल नेपाली ब्यबसायिका रुपमा उनको परिचय स्थापित छ । पिजन इन्जिनियरीङ्ग, अल मेमन, आईईसी कन्ट्रक्टिङ, लक्की ज्वेलरिस् लगायतमा उनको लगानी छ ।

उनले कतार, दुबई, अमेरिका हुँदै नेपालमा पनि लगानी गरेका छन् । जसबाट १ हजार ९ सय कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment