Comments Add Comment

नेपाल पहिलेको नेपाल रहेन, तर राजेश त्यही राजेश हो

rajesh-hamal
नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल कुनै समय हप्तैपिच्छे पर्दामा देखिन्थे । तर, अहिले लामै समय भयो नेपाली दर्शकले हमाललाई पर्दामा देखेका छैनन् ।

उनै हमालको डाइलग मात्र समावेश गरेर तयार पारिएको चलचित्र ‘बागमती’को टिजर सार्वजनिक गरिएको छ । हमालका फ्यानहरुका लागि भन्दै ४ मिनेट लामो डाइलग सहितको टिजर सार्वजनिक गरिएको हो । सन्नी केरलाको निर्देशनमा तयार भएको चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठको मुख्य भूमिका छ ।

नायक हमालले बोलेका संवाद वजनदार छन् । यसलाई महंगो बजेटको चलचित्र भनिएको छ । चलचित्रलाई नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment