Comments Add Comment

यूएर्इमा मनाइयो तीज, महोत्सवको रकम भूकम्पपीडितलार्इ

uae-teej-3यूएर्इ । अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज युएई, क्षेत्रीय समिति रस अल खैमहको आयोजनामा शुक्रबार तीज महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

uae-teej-4मनोज गजुरेल, नायिका प्रियंका कार्की, कृष्णा गुरुङ लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा तीज महोत्सव कार्यक्रम गरिएको हो । रस अल खैमहको सरकारी हलमा भएको कार्यक्रम बेलुकी साढे सात बजे सुरु भएर रातको १२ बजे सम्म चलेको थियो ।

बाल नृत्यांगना प्रतिक्षा शर्मा, रस अल खैमहका नेपाली कलाकारहरु अर्जुन हन्छवा, केबिनजङ शाही, संकल्प चन्द, लोक श्रेष्ठ, प्रकाश गुरुङ, राम सापकोटा लगायतले महोत्सव निकै रमाइलो बन्यो ।

यस्तै, दुबईमा रहेका नेपाली कलाकारहरु रेखा घिमिरे, गोपीकृष्ण पङेनी, दीपक गुरुङ, शान्ति मोक्तान, कुशल, शारिकाले स्टेज तताए । नक्कली मोदी उर्फ मनोज गजुरेलको क्यारिकेचर देखेर दर्शकहरु पेट मिचीमिची हाँसे । गजुरेलले अरबी नागरिक र मोदीको क्यारिकेचर गरेका थिए ।

कार्यक्रमका बिशेष अतिथि रस अल खैमह च्याम्बर अफ कमर्शका एसिस्टेन्ट डाइरेक्टर डा अहमेद रशीद अल शेमेइलीले नेपाली संस्कृति र नेपाली कार्यक्रम आफूले पहिलोपल्ट देख्न पाएकोमा खुशी ब्यक्त गरे । अल शेमेइलीले अनौपचारिक भेटबार्तामा नेपाली एसोसियसन खोल्न र दर्ता गर्न आफू सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

uae-teej-5त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एनआरएनए युएईका अध्यक्ष सुदीप कार्कीले नेपाली नारीहरुको महान चाडको उपलक्षमा उपस्थित शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा नेपालमा भुकम्पमा परी मृत्‍यु भएका झन्डै १० हजार नेपाली र भर्खरै मात्र येमनमा मृत्‍यु भएका ४५ जना युएई सिपाहीको स्मरण गरियाे ।

कार्यक्रममा एनआरएनए युएईका उपाध्यक्षहरु नेत्र बहादुर थनेत, रमेश श्रेष्ठ, समाज सेवीहरु सालीक सुबेदी, नेपाल बडीबिल्डर च्याम्पियन दहाल, एनआरएन भूतपूर्ब महासचिब सन्तोष प्रसाई, पत्रकार महासंघ युएईका अध्यक्ष अर्जुन दाहाल, पत्रकार महासंघ युएईका महासचिब लक्ष्मण खनाल, एनआरएन रसअल खैमह अध्यक्ष राजेन्द्र रोस्यारा, रसअल खैमह नेपाली जनप्रगतिशील मन्चका अध्यक्ष टेकनाथ मिश्र लगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रमबाट उठेको रकम भूकम्पपीडित बालबालिकाहरुको लागि खर्च गरिने अनेकस युएईका महासचिब गोपीकृष्ण पंगेनीले बताए ।

पत्रकार महासंघ युएईका अध्यक्ष अर्जुन दाहालले महासंघको तर्फबाट उक्त अभियानको लागि ५ सय दिराम सहयोग प्रदान गरेका थिए ।

uae-teej-1 uae-teej-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment