Comments Add Comment

‘नेपालको संविधान- २०७२’ संविधानसभाबाट पारित

३० भदौ, काठमाडौं । संविधानसभाले नेपालको नयाँ संविधान दुई तिहाई बहुमतले पारित गरेको छ । असोज ३ गते अपराहृन ५ बजे औपचारिक समारोहका बीच राष्ट्रपतिले नयाँ संविधान घोषणा गर्नेछन् ।

संविधानले बुधबार संविधानमा थपिएका ६ सहित ३०८ धारा पारित गरेको थियो । त्यसपछि बसेको अर्को बैठकमा विधानको सिंगो विधेयकमाथि मत भयो ।

मतदानमा ५३२ सभासदले भाग लिएका थिए । जसमा संविधानको पक्षमा ५०७ मत परेको छ भने विपक्षमा २५ मत परेको छ । राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ । मतदान प्रक्रियामा ८ सभासद सहभागी भएनन् ।

तत्काल कायम रहेका कुल ५९८ मध्ये मधेस केन्द्रित ७ दलका ५७ र एमाओवादीका प्रभु साह सहित ५८ सभासदले मतदान बहिस्कार गरेका छन् ।

New-constitution-Pass-From-CA-Nepal

संविधान पारित भएको घोषणापछि शीर्ष नेताहरूसहित सबै सभासदहरु आआफ्नो स्थानबाट उठेर हात उठाएर समर्थन गरेका थिए ।

संविधासभाले संविधानमा भाषाागत रूपमा परिर्वतन नगरी नहुने विषय भए मिलाउन सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ । जसमा मस्यौदा समितिका सभापति कृष्ण सिटौला, एमाले प्रमुख समेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरिराजमणी पोखरेल र राप्रपा नेपालका सभासद कुन्ती शाही छन् ।

त्यसपछि संविधनसभा सचिवालयले नेपाली कागजमा संविधानका केही प्रति प्रकाशन गर्नेछ भने शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म सभासदहरुले हस्ताक्षर गर्ने समय छुट्याइएको छ । सभासदहरुले वर्णानुक्रम अनुसार संविधानमा हस्ताक्षर गर्नेछन् ।

New constitution Pass From CA Nepal (3)

सभासदहरुको हस्ताक्षरपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्नेछन् । असोज ३ गते साँझ ५ बजे संविधानसभामा विशेष समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नेछन् ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान घोषणाको बैठकमा औपचारिक राष्ट्रिय पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन सभासदहलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment