Comments Add Comment

चिभासको ‘रेगल-एक्स्ट्रा’ हृविस्की नेपाली बजारमा

३१ भदौ, काठमाडौं । विश्वकै पहिलो लक्जरी हृविस्की चिभास रेगलले नेपाली बजारमा नयाँ हि्वस्की ल्याएको छ । विश्व बजारमा धेरै रुचाइएको ‘चिभाज रेगल-एक्स्ट्रा’ हृविस्की नेपाल भित्राइएको हो ।

Chivas Regalविश्वका धेरै राष्ट्रमा पुगेर ख्याति कमएको ‘चिभाज रेगल-एक्स्ट्रा’ लाई अब नेपाली उपभोक्ताले पनि प्रयोग गर्न पाउने भएका छन् ।

हृविस्कीको दुनियाँका उच्चस्तरीय मानिने ‘चिभाज रेगल एक्स्ट्रा’ लाई नेपालमा शारदा गु्रपले भित्राएको हो । हृविस्कीका पारखीहरुका लागि चिभाज एक्ट्राले नयाँ स्तरीय स्वाद र भरपुर सन्तुष्टी प्रदान गर्ने कम्पनीको दाबी छ ।

नास्पाती, खर्बुजा, चकलेटसहित अदुवा र दालचिनी, बदाम लगायत उच्चस्तरीय फलफूल र मसलाहरुको समिश्रणबाट तयार पारिएको चिभास एक्ट्राले नेपाली ग्राहकको विश्वास जित्ने अपेक्षा गरिएको छ ।

हृविस्कीको रंग र सुगन्धले पनि उपभोक्तालाई तान्ने कम्पनीले जनाएको छ । कक्टेललाई उच्चस्तरीय र शानदार बनाउन चिभास एक्ट्रा अन्त्यन्तै उपयोगी हुने बताइएको छ ।

दुई महिनाअघि भारती बजारमा सार्वजनिक भएको चिभास एक्स्ट्राले नेपाली हि्वस्की पारखीलाई सन्तुष्ट बनाउने शारदा गु्रपको विश्वास छ । १५० देशमा माग हुने गरेको चिभास रेगलको ९ लिटरको प्याक प्रतिवर्ष ४६ लाख पेटीसम्म बिक्री हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment