१२ असोज, काठमाडौं । मानवअधिकारकर्मी कृष्ण पहाडीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नाकाबन्दी मानवता विरुद्धको अपराध भएको भन्दै तत्काल अन्य गर्न आग्रह गरेका छन् ।
मानवअधिकार तथा शान्ति समानका संस्थापक सभापति पहाडीले मोदीलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपालमा अहिले नाकाबन्दीको अवस्था रहेको र यो भारतद्वारा सिर्जित नाकाबन्दी भएको बताएका छन् ।
उनले लेखेका छन्-‘सत्यका लागि आग्रह गर्ने सत्याग्हरीहरुको म छ, अघोषित, घोषित जे भनिएपनि यो भारत सिर्जित नाकाबन्दी हो । यसबाठ ठूलो अनर्थ भएको छ ।’
नाकाबन्दी मानवताविरुद्धको अपराध भएको भन्दै पत्रमा भनिएको छ-‘भारत सिर्जित नाकाबन्दी कारण मानवताविरुद्ध अपरोध भएको छ भनेर महामहिमलाई दुःखका साथ स्मरण गराउँछु ।’
एउटा स्वतन्त्र देश नेपालसँग अर्को स्वतन्त्र देश भारतले मर्यादा नाघेको र यसले नेपाल र भारतको सम्वन्धलाई चिरा पार्न थालेको पहाडले बताए । यसले विगतमा नेपाली जनताको मन जित्न मोदीले गरेका प्रयासहरु खण्डित भएको समेत पहाडीको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ-‘नाकावन्दीको अपि्रय स्थिति तत्काल अन्त्य हुनुपर्छ र त्यस दिशामा कदम चाल्न महामहिमले ढिलो गर्नुहुँदैन भन्ने मेरो दृढता छ ।’
प्रतिक्रिया 4