Comments Add Comment

प्रधानमन्त्रीले संसदलाई सम्वोधन गर्दै, नयाँ सरकार गठनको बाटो खुला गर्ने

Sushil-Koirala-At-Samsad

१५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ सरकार गठनका लागि बाटो खुला गर्ने भएका छन् ।

कोइरालाले शुक्रबार अपराहृन ५ बजे बस्ने व्यवस्थापिका संसदको बैठकलाई सम्वोधन गर्दैछन् । संसद अधिवेशन सुरु भइसकेको छ । दिउँसो १ बजे बसेको बैठक झण्डै डेढ मिनेट बसेर सकिएको छ र अर्को बैठक ५ बजे बोलाइएको छ ।

५ बजेको बैठकमा प्रधानमन्त्री कोइरालाले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कोइरालाले कोइरालाले राजीनामाको औपचारिक घोषणा नगर्ने सम्भावना छ । उनले राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री छनोटका लागि आहृवान गर्न भने आग्रह गर्नेछन् ।

शुक्रबार नै बसेको बसेको मन्त्रीपरिषद वैठकमा राजीनामा दिने वा नदिने विषयमा मन्त्रीहरुबीच मतभेद भएको थियो । एमालेका मन्त्रीहरुले राजीनामा गर्नुपर्नेमा जोड दिएका थिए । तर, प्रधानमन्त्री सहमत भएनन् ।

प्रधानमन्त्रीको आहृवानपछि राष्ट्रपतिले शुक्रबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार संसद अधिवेशन सुरु भएको साताभित्र सहमतीय सरकार गठन गर्नुपर्नेछ ।

यो सात दिनमा सहमति नभए बहुमतीय प्रक्रिया सुरु हुनेछ । दलहरुबीचको अहिलेसम्मको छलफल हेर्दा सहमतीय सरकार गठनको सम्भावना कम देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment