Comments Add Comment

प्रहरीकै अगाडि मिसावटयुक्त पेट्रोलको कालोबजारी

Petrol-Kalobajari-at-Birgan१८ असोज, वीरगञ्ज । यो तस्वीर हेर्नुस् दुईजना प्रहरी ड्युटीमा खटिएका छन् । उनीहरुकै छेउँमा पेट्रोललाई पानीको बोतलमा भरेर बिक्री गर्न राखिएको छ । कानुनले यसरी इन्धन बिक्री वितरण गर्न दिँदैन । तर, कानुन कार्यान्वयन गर्ने निकाय प्रहरी प्रशासनकै सामुन्ने चर्को मूल्यमा इन्धन बिक्री वितरण भैरहे पनि स्थानीय प्रशासन नदेखे झैं गरेको छ ।

यो दृष्य हो पर्साको वीरगञ्जस्थित पावर हाउस चोकको । भारतबाट पेट्रोलियम पदार्थ नेपाल आउन नसकेपछि पर्साको वीरगञ्जमा जताततै यस्तै दृष्य देख्न सकिन्छ । भारतसँग सीमा जोडिएको वीरगञ्जमा अहिले इन्धनको कालोबजारी बढेको छ । सीमावर्ती भारतीय बजार रक्सौलबाट सस्तो मूल्यमा खरिद गरेर इन्धन नेपाल ल्याउने र दोब्बर भन्दा धेरै मूल्यमा बेच्ने समूह अहिले सक्रिय छ ।
petrol (8)

मिनरल वाटरको बोतलमा भरेर सडक किनारमा बेच्न बसेकाहरु वीरगञ्ज क्षेत्रमा छ्याप छ्याप्ती देखिन्छन् । उनीहरुले एक लिटर पेट्रोललाई १८० देखि २२० रुपैयाँमा बिक्री गरिरहेका छन् । नेपाल आयल निगमले तोकेको एक लिटर पेट्रोलको मूल्य १०३ रुपैयाँ हो । विशेष गरी मोटरसाइकल चालकहरु बढी मूल्य तिरेर पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य छन् ।

महंगो भाउमा मिसावट गरेको पेट्रोल बिक्री भइरहँदासमेत रोकथामका लागि स्थानीय प्रशासनले चासो नदेखाएको सर्वसाधारणले गुनासो गरेका छन् । मोटरसाइकल चालक आयुष अग्रवालले प्रहरी प्रशासनकै आगाडि खुलेआम पेट्रोलको कालोबजारी भइरहँदा समेत प्रहरी मुकदर्शक भएर बसेको गुनासो पोखे ।

petrol (7)

संविधान र प्रदेश सीमाङ्कनको विरोध गर्दै मधेसी मोर्चाले विगत ५२ दिनदेखि तराई-मधेसका जिल्ला बन्द गरेको छ भने १२ दिनदेखि नेपाल-भारत सीमानाका ठप्प पारेका छन् । मधेसी मोर्चाको मागलाई समर्थन जनाउँदै भारतले पनि अघोषित नाकाबन्दी गरेपछि नेपालमा पेट्रोलियम पदार्थको ढुवानी हुन सकेको छैन । नेपाल आयल निगमले पेट्रोल पम्पहरुलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसकेपछि बन्द भएका छन् ।

अमित अग्रवालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment