Comments Add Comment

नौ महिनापछि स्वदेश पठाईयो पूर्णबहादुरको शव

एनपी प्रधान (भरत)

साउदी अरब । नौ महिनादेखि साउदी अरबमा अलपत्र परेको धनकुटाका पूर्णबहादुर श्रेष्ठको शव स्वदेश पठाईएको छ । सवारी दुर्घटनामा परि ज्यान गुमाएका श्रेष्ठको शव बिहीबार राती स्वदेश पठाईएको हो ।

purna bdrरोजगारदाता कम्पनीसँग चलेको मुद्दा नटुंगिए पनि शब पठाउन धेरै ढिलाई भएका कारण दुतावासले खर्च ब्यबस्थापन गरेर शव पठाएको साउदीका लागि कार्यबाहक राजदुत आनन्दप्रसाद शर्माले बताए । शव पठाईए पनि मुद्दा नमिलेसम्म क्षतिपूर्तिका लागि दुतावासले निरन्तर फ्लाेअप गर्ने उनले बताए ।

दमामस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको श्रेष्ठको शव पहिचान गरेर ओमान एयरको जहाज मार्फत् बिहीबार राती नै स्वदेश पठाईएको एनआरएन साउदीका पूर्वी क्षेत्रीय उपाध्यक्ष ढल बहादुर थापाले जानकारी दिए ।

पाउनुपर्ने तलब, क्षतिपूर्ति तथा शव पठाउने खर्चका बिषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसक्दा श्रेष्ठको शब पठाउन ढिलाई भएको थियो ।

रोजगारीका लागि मेनपावर कम्पनीमार्फत् ४ बर्ष अघि साउदी आएका श्रेष्ठको सवारी दुर्घटनामा परि गत डिसेम्बरमा मृत्यु भएको थियो । उनी साउदीस्थित क्याट्को कम्पनीमा कार्यरत थिए । दुर्घटनामा परेको सवारीसाधन रोजगारदाता कम्पनीले आफ्नो नभएको कारण देखाउँदैे क्षतिपूर्ति तथा शव पठाउने खर्च दिन आनाकानी गर्दै आएको थियाो ।

केही दिनअघि मात्र श्रेष्ठको शब पठाउन ढिलाई भएकोमा अनलाईनखबरमा ‘साउदीबाट शव आउन कति महिना लाग्छ हजुर ?’ शिर्षकमा समाचार प्रकाशित भएपछि दुतावासले शव पठाउन चासो देखाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment