+
+

‘साउदीबाट शव आउन कति महिना लाग्छ हजुर ?’

साउदी अरब । राेजगारका लागि साउदी अरब पुगेका धनकुटाका पूर्णबहादुर श्रेष्ठको शव झण्डै नाै महिनादेखि साउदीमा अलपत्र छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ११ गते १४:३१

saudi arabiaएनपीप्रधान (भरत)

साउदी अरब । राेजगारका लागि साउदी अरब पुगेका धनकुटाका पूर्णबहादुर श्रेष्ठको शव झण्डै नाै महिनादेखि साउदीमा अलपत्र छ । नाै महिनादेखि शव नअाएपछि श्रेष्ठको परिवारलार्इ साउदीस्थित नेपाली दूतावासलार्इ साेधे– ‘साउदीबाट शव नेपाल ल्याउन कति महिना लाग्छ हजुर ?’ दूतावासले पहल भइरहेको जवाफ दिएकाे एक वर्ष हुन लागेकाे परिवारले गुनासाे गरेका छन् ।

सवारी दुर्घटनामा परी साउदी अरबमा ज्यान गुमाएका धनकुटा बुधबारेका पूर्णबहादुर श्रेष्ठको शव नौ महिनादेखि नै साउदी अरबमा नै रहेको छ । श्रेष्ठले कम्पनीमा पाउनु पर्ने तलब, क्षतिपूर्ति तथा शब पठाउने खर्चका विषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसक्दा श्रेष्ठको शव नौ महिनादेखि साउदी अरबको शव गृहमा रहेको दूतावासकाे भनाइ छ ।

रोजगारीका लागि मेनपावर कम्पनीमार्फत् ४ वर्षअघि साउदी आएका श्रेष्ठको सवारी दुर्घटनामा परी गत डिसेम्बरमा मृत्यू भएको थियो । बिदाको दिनमा साथीहरुसँग बाहिर गएका बखत सवारी दुर्घटनामा परी उनको मृत्यु भएको थियो ।
उनी साउदीस्थित क्याट्को कम्पनीमा कार्यरत थिए ।

दुर्घटनामा परेको सवारी साधन रोजगारदाता कम्पनीको नभएको कारण देखाउंदै रोजगारदाता कम्पनीले क्षतिपूर्ति दिन तथा शब पठाउने खर्च दिन आनाकानी गर्दै आएकाले शव पठाउन ढिलाई भएको साउदीस्थित नेपाली दुतावासले जनाएको छ । दुई चार पैसा कमाउन भनी विदेश गएका श्रीमानको मृत्यु भएको नौ महिनासम्म पनि दूतावासले शव ल्याउन पहल नगर्दा परिवारका सदस्यलाई पीडामाथि थपिएको छ ।

दुतावासले बेवास्ता गरेकै कारण श्रीमानको लाससमेत पाउन नसकिएको पूर्णबहादुरकी पत्नी देवीले गुनासो गरिन् । उनले पतिको शव पठाइदिन पहल गरिदिन पनि आग्रह गरेकी छन् । ‘कमाउन गएका श्रीमानको श्वास त आएन, मृत्यु भएको खबर आएको नौ महिना बित्दा लास पनि आएन’, देबीले गुनासो गरिन्, ‘शव आउला दिन गन्दा गन्दै वर्ष दिन पुग्न लागिसक्यो ।’ यतिका समयसम्म पनि अन्तिम संस्कारसमेत गर्न नपाएकोमा पूर्णबहादुरको परिवार चिन्तित छ ।
‘म दुखीको हारगुहार कसैले पनि सुनिदिएन । उहाँ त रहनु भएन, अन्तिममा एकपटक उहाँको मुहार हेर्न पाए पनि चित्त बुझाउन हुन्थ्यो’, देवीले भनिन्, ‘शव पठाई दिन आग्रह गर्दै मेलै नेपालबाट धेरैपटक साउदीमा रहेको नेपाली दुतावासमा फोन पनि गरें, उहाँहरु छिट्टै पठाउछौ भन्नुहुन्छ तर पठाउनुहुन्न । हामी दुःखी गरिबलाई दुःख माथि दुःख परेको छ तर हाम्रो पिडा बुझिदिने कोही भएन ।’

श्रेष्ठको मृत्यू भएको खबर पाएपछि शव पठाउनका लागि नेपाली दुतावाससंग पहलगरिएको भए पनि शव पठाउन नसकिएको एनआरएन साउदीका पूर्वी क्षेत्रीय उपाध्यक्ष ढलबहादुर थापाले बताए । थापाकाअनुसार श्रेष्ठको शव स्वदेश पठाउनका लागि पहल गरिएको भए पनि कानूनी प्रक्रिया पूरा हुन नसक्दा ढिलाइ भएको हो ।

रोजगारदाता कम्पनीसँग मुद्दा नमिलेका कारण शब पठाउन ढिलाई भएको साउदीस्थित नेपाली दुतावासका कार्यबाहक राजदुत आनन्दप्रसाद शर्माले जानकारी दिए । ‘हामीले शव पठाउन पहल गरिरहेका छौं, लेवरकोर्टम्ाा मुद्दा चल्दा श्रेष्ठको पक्षमा मुद्दा फैसला भएको हो, तर कम्पनीका सञ्चालक नै फरार हुँदा श्रेष्ठको शव पठाउन ढिलाई भएको हो,’ कार्यब्ााहक राजदूत शर्माले भने ।

मृत्यू हुने बित्तिकै आवश्यक प्रक्रिया पूरा नगरी हतारमा शब पठाईए रोजगारदाता कम्पनीबाट पाउनुपर्ने तलब तथा क्षतिपूर्ति रकम पाउन समस्यापर्ने भएका कारण पनि शब पठाउन ढिलाइ भएको शर्माले बताए ।

श्रेष्ठको शव पठाउन भएको ढिलाइको बिषयमा नेपालस्थित परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार बिभागलाई जानकारी गराई सकिएकोले शव पठाउने खर्चको ब्यबस्थापन हुने बित्तिक्कै जतिसक्दो छिटो श्रेष्ठको शब स्वदेश पठाइने शर्माले बताए । मुद्दा नमिल्दै शव पठाईए पनि रोजगारदाता कम्पनीमाथि कारबाही अगाडि बढाईने साउदी सरकारले आश्वासन दिएकोले छिट्टै नै शव पठाइने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?