Comments Add Comment

मन्त्री रामकुमार सुब्बाः जसको नामसँगै गाडी छुट्यो

Ram kumar Subba

श्रीधर पौडेल

२५ असोज, काठमाडौं । सोमबार शीतल निवासमा ठूलै जमघट थियो । ३८ औं प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ भएकाले भीआईपीहरुको जमघट हुनेनै भयो ।

ओलीले सपथ लिएपछि दुई उपप्रधानमन्त्री कमल थापा र विजयकुमार गच्छदारले सपथ लिए । त्यसपछि राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले मन्त्रीहरुका नाम बोलाउन थाले ।

सपथ ग्रहणका लागि ढुंगानाले अन्य सबैको नाम लिए तर रामकुमार सुब्बाको नाम आएन । दौरा सुरुवालमा ठाँटिएर शीतल निवास पुगेका राप्रपा नेपालका सांसद रामकुमार सुब्बा तनावमा देखिए । उनी भन्दा तनावमा उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा देखिए ।

Ram kumar Subba Kanda (2)

राष्ट्रपति कार्यालयका सचिव ढुंगानाले तीन पटक नव नियुक्त मन्त्रीहरुको नाम लिए तर, रामकुमार सुब्बाको नाम आएन । कमल थापाले आफ्ना मन्त्री छुटेका संकेत गरे । सुब्बातिर देखाउँथे । तर, कसैले बुझेनन् ।

Ram kumar Subba Kanda (4)

सपथग्रहण सुरु हुनै लागेपछि पूर्वपधानमन्त्रीहरुसँगै बसेका थापा आफैं मञ्चतिर गए । बाटोमा भेटिएका राष्ट्रपति कार्यालयका कर्मचारीलाई भने तर, केही भएन ।

Ram kumar Subba Kanda (5)

उनी आफैं सपथका लागि तयार पारिएको मञ्चमा गएर आफ्ना एक मन्त्रीको नाम छुटेको बताए । राष्ट्रपतिसँगै रहेका प्रधानमन्त्री ओलीसम्म कुरा पुगेपछि बल्ल सपथ लिन सुब्बाको नाम बोलाइयो ।

Ram kumar Subba Kanda (1)

मन्त्रीका रुपमा सुब्बाले सपथ त लिए । तर, उनका लागि गाडि तयार अवस्था थिएन । लगतै सिंहदरवारबाट उनका लागि नयाँ गाडि दौडाइयो, सपथ सकिएर मन्त्रीहरु हिड्ने बेलामा बल्ल गाडी पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment