Comments Add Comment

चितवन कारागारका एक बन्दी फरार

२६ असोज, चितवन । जिल्ला कारागार चितवनमा पुर्पक्षका लागि रहेका एकजना बन्दी फरार भएका छन् । फरार हुनेमा जुम्ला घर भई भरतपुर उपमहानगरपालिका–७ कृष्णपुरमा भाडामा बस्ने अन्दाजी ३० वर्षीय हिम भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जर्बजस्ती करणीको अभियोगमा पक्राउ परेका भण्डारी मंगलबार दिउँसो अस्पतालबाट फरार भएका हुन् । क्षयरोगको समस्या रहेका भण्डारी उपचारका क्रममा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

यसअघि भदौ महिनामा पनि प्रहरीको हिरासतबाट फरार भएका भण्डारीलाई प्रहरीले एक साता अघि मात्रै पक्राउ गरेको थियो । फरार रहेका उनको खोजी जारी रहेको प्रहरीले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment