Comments Add Comment

यूरोपियन यूनियनले भारतलाई भन्यो- नेपालमा लगाएको नाकाबन्दी हटाउ

७ कात्तिक, काठमाडौं । यूरेापियन युनियन (इयू)ले भारतले नेपालमा लगाएको नाकाबन्दीका बारेमा पहिलोपटक मुख खोलेको छ । युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टलले विज्ञप्ती जारी गरी नेपालमा लागेको अघोषित नाकाबन्दी हटाउन भारतलाई अपिल गरेकी छन् ।

European-Union-(-EU-)‘हामी भारतलाई यो अपिल गर्दछौं कि, नेपालतर्फको आपूर्ति ब्यवस्थामा अवरोध सिर्जना नगरी बिनाअबरोध सीमापार ब्यापार सुनिश्चित गर्न सहयोग गर्नुपर्छ ।’ शुक्रबार जारी गरिएको बिज्ञप्तीमा भनिएको छ ।

विनाशकारी भूकम्पको पीडाबाट माथि उठ्न नपाउँदै नेपाली जनता भारतको अघोषित नाकाबन्दीबाट प्रताडित बनेको इयूको ठहर छ ।

नाकाबन्दीका कारण उत्पन्न पेट्रोलियम पद्धार्थको चरम संकटका कारण नेपाली जनताको दैनिक जीबन र मुलुकको अर्थतन्त्र गंभीर असर परेको भन्दै यूरोपियन यूनियनले चिन्ता व्यक्त गरेको हो ।

नयाँ सरकारले आन्दोलनरत मधेशी दलहरुको मुद्दा संविधानमा संबोधन गर्न वार्ता जारी राख्नु सकरात्मक भएको भन्दै इयूले स्वागत गरेको छ ।

९० प्रतिशत जनताका प्रतिनिधिले संविधानसभाबाट जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै अघोषितरुपमा व्यापारिक नाकाबन्दी लगाउँदै आएको छ ।

सरकारले पटक-पटक नाकाबन्दी खुलाउन आग्रह गरेपनि भारतले रेस्पोन्स नगरिरहेको अवस्थामा यूरोपियन यूनियनले विज्ञप्ती जारी गरि चासो देखाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment