Comments Add Comment

रौतहटमा गाडीमा आगजनी, विभिन्न ठाउँमा अवरोध

गौतम श्रेष्ठ

८ कात्तिक, रौतहट । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम लाई सशक्त बनाउदै बुधबारदेखि रौतहट सदरमुकाम गौर लगायतका अधिकाशं बजार बन्द गराएको छ ।

दसैंको लागी केही आन्दोलन केही खुकुलो बनाए पनि आज बाट भने बन्दलाई पहिले कै अवस्थामा ल्याइएको छ । मंगलबार राति गौरबाट सामान बोकेर गएको एउटा पीक अप भ्यानलाई आज बिहान आन्दोलनकारीले आगो लगाएका छन । गौरबाट किराना सामान बोकेर चपुर तर्फ गइ रहेको बा ५ च २२८८ नम्बरको भ्यानलाई गएराति आन्दोलनकारीले राजपुर भेडियाही गाविसमा नियन्त्रणमा लिएका थिए ।

बाटोमा तेर्‍साइएको सो भ्यानलाई बिहान ११ बजे आन्दोलनकारीले आगो लगाएका छन । गाडीमा आगजनीको खबर आए पछि जिल्ला प्रहरी गौरबाट प्रहरी पठाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । जिल्लाका विभिन्न स्थानमा मोर्चाले सडक अवरुद्ध पारेको छ भने ठाँउ ठाँउमा टायर बालेर प्रदर्शन समेत गरेका छन । दुई महिना भन्दा लामो समय सम्मको आन्दोलनलाई सरकारले अझै पनि सम्बोधन नगरे पछि रौतहटको जनजीवन निकै कष्टकर भएको छ ।

मोर्चाका नेता कार्यकर्ताले गौर चन्द्रनिगाहरपुर ४२ किलोमिटर सडक खण्डको दर्जनौ स्थानमा अवरोध श्रृजना गरेका छन भने विर्ता चौकमा आधा दर्जन भन्दा बढी मोटरसाइकल तोडफोड भएको छ । सबगढा, सखुअवा, शिवनगर, गरुडा, विर्तालगायत राजमार्गको विभिन्न चोकमा भेला भएका प्रदर्शनकारीहरुले आजबाट मोटरसाईकल सञ्चालनमा रोक लगाए पछि काम विशेषले हिडेकाहरु अलपत्र परेका छन ।

सदरमुकाम गौरमा रहेका सबै सरकारी कार्यालय, वितीय संस्था तथा शैक्षिक संस्थाहरु बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment