Comments Add Comment

नवलपरासीमा बस दुर्घटना, १० घाइते

१२ कात्तिक, नवलपरासी । पूर्वपश्चिमराजमार्ग अन्तरगत नवलपरासीको देवचुलीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन् । देवचुली नगरपालिका वर्डा नं. २ मा यात्रुबाहक बस अनियन्त्रित भएर कल्र्भडमा पल्टिँदा १० जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाण्डौंका लागि छुटेको ना ४ ख ७७१५ नम्बरको यात्रुबहाक बस तीब्र गतिका कारण दुर्घटना परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटना परी घाइतेहुनेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटना घाइते मध्ये दुई जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

४० जना सवारमा बसका अन्य यात्रुहरुलाई प्रहरीले अर्को सवारीको ब्यवस्था गरी काठमाण्डौं पठाएको छ ।
रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment