Comments Add Comment

१२ देशको अवैध मुद्रासहित भारतीय नागरिक पक्राउ

रामकुमार श्रेष्ठ
१५ कात्तिक, नवलपरासी । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरले १२ वटा देशको अवैध मुद्रासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराजगञ्जग्राम राजावारी बस्ने २० वर्षका गुड्डु गुप्ता रहेका छन् ।

Nawalparasiगएराति परासीबाट महेशपुरतर्फ जाँदै गरेको लु १९ प १५, ७१ नम्बरको मोटरसाइकललाई शंका लागि रामग्राम नगरपालिका ७ उजैनी चोकमा रोकेर जाँच गर्ने क्रममा १२ वटा देशको अवैध मुद्रासहित गुप्ता पक्राउ परेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरका डिएसपी पञ्चराम चौधरीले जानकारी दिए ।

उनले कम्मरमा बाँधिएको कपडाभित्र लुकाएर अवैध विदेशी मुद्रा बोकेका थिए । गुप्ताको साथबाट भारतीय रुपैयाँ ३ लाख ६ हजार ८ सय, अमेरिकी डलर २ हजार ३ सय ८६, ओमानी रियल ३ सय १७ र कुवेती दिराम ६ सय बरामद गरेको छ ।

यस्तै साउदी रियल २ हजार ४ सय ८५, जापानी यान १ लाख १० हजार, थाई भाट ३ सय ९०, युएई डलर २ हजार ६ सय ३०, कतारी रियल ६ सय ७१, युरो ४ सय ७०, हङकङ डलर ६ सय र नेपाली २ सय ३० रुपैयाँ पनि बरामद भएको छ ।

पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको डिएसपी चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment