Comments Add Comment

पर्यटकीयस्थल जाने चार किमी पदमार्ग निर्माण

२५ कात्तिक, इलाम । जिल्लाको पूर्वी–दक्षिणी क्षेत्रमा पर्ने इरौँटार–८ स्थित देवानगढी जाने पर्यटकीय पदमार्ग निर्माण भएको छ । पूर्वको पर्यटकीयस्थल तथा पुराना भूमे राजाले सुरक्षा किल्लाका रुपमा प्रयोग गरेको र भाषा, संस्कृतिविद महानन्द सापकोटाको जन्मस्थलका रुपमा रहेको देवानगढी जाने करिब चार किलोमिटर पदमार्ग निर्माण गरिएको हो ।

महानन्द प्रतिष्ठानले रु १५ लाखको लागतमा बहुवन–देवानगढी हुँदै देवानछाप डाँडासम्म पुग्ने पदमार्ग निर्माण सम्पन्न गरिएको मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिका कर्मचारी सञ्जीव पौडेलले जानकारी दिए । गतवर्षदेखि निर्माण सुरु गरिएको उक्त पदमार्ग निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।

इरौँटारको बहुवन माविबाट सुरु भएको पदमार्ग पर्यटकलाई छोटो, अध्ययन अवलोकनका लागि सहज भएको प्रतिष्ठानका अध्यक्ष माधव खतिवडाले बताए ।

देवानगढीबाट सूर्याेदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने, भूमे राजाहरुले प्रयोग गरेका पुरातात्विक वस्तुको अवलोकनका साथै भारतका विभिन्न सहरको दृश्यावलोकन गर्न सकिन्छ ।

साहित्यकार महानन्द सापकोटाको जन्मस्थल भएकाले उहाँको जन्मजयन्तीका दिन यहाँ प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कविहरुको साहित्यिक भेलासमेत हुने गरेको छ ।

उक्त पदमार्गलाई पर्यटकीयस्थल कन्यामको हाँसपोखरीसम्म ल्याउने योजना रहेको मेची पहाडी पर्यटन प्रर्वद्धन विकास समितिले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment