Comments Add Comment

विदेशी पर्यटकको रोजाइमा शुक्लाफाँटा

२८ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा वन्यजन्तु आरक्ष पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपाल आउने विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ ।

Dears-at-Shuklafataपश्चिमी नाकाबाट पोखरा, काठमाडौँ र बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले पछिल्लो समय शुक्लाफाँटासमेत जाने गरेका छन् ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका सूचना अधिकारी माधवप्रसाद जोशीले मासिक आठ जनादेखि १० जनासम्म विदेशी पर्यटक शुक्लाफाँटा आरक्ष जाने गरेको बताए ।

“पर्यटक पहिला त सिधैँ पोखरा, काठमाडौँ र बर्दिया जान्थे, अहिले आरक्षसमेत घुम्न थालेका छन्” उनले भने ।

शुक्लाफाँटा आरक्षमा खान बस्नका लागि सुविधायुक्त होटल सञ्चालनमा आएपछि पर्यटकले घुम्नका लागि जान थालेको जोशीले बताए ।

आरक्ष कार्यालयका अनुसार गत वर्ष आरक्ष घुम्नका लागि आउने विदेशी पर्यटकको सङ्ख्या ६८ रहेकोमा यस वर्षको हालसम्म बन्द, हडताल र इन्धन अभावले सवारी साधन सञ्चालन नहुँदा २० जना विदेशी पर्यटकले मात्रै आरक्ष घुम्न पुगेका छन् ।

मझगाउँस्थित आरक्ष प्रवेशद्वारमा युवा व्यवसायी हेमराज जोशी र परमानन्द भण्डारीले आरक्ष आउने पर्यटकका लागि शुक्लाफाँटा जङ्गल कटेज एण्ड लज सञ्चालनमा ल्याएका छन् ।

यसअघि बस्ने खाने व्यवस्था नभएको भन्दै अधिकाँश पर्यटक महेन्द्रनगर बजारमा रात बिताएर सिधैँ कर्णाली पारी जाने गरेका थिए ।

पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी पोखरा र त्यसपछि काठमाडौँ र बर्दिया आउने छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment