Comments Add Comment

मंसिर अन्तिममा चुनाव गर्ने क्रिकेट संघको निर्णय

Can-Logo

६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयनका लागि मंसिर अन्तिममा चुनाव हुने भएको छ ।

भ्रष्टाचारको अभियोगबाट सफाइ पाएपछि अध्यक्ष टंक आङबुहाङसहितका पदाधिकारीसहित बसेको बैठकले चुनावको मिति तय गरेको हो । चुनावी अधिवेशनका लागि मंसिर २८ र २९ गते काठमाडौंमा चौथो साधारणसभा गर्ने क्यानको निर्णय छ ।

यसअघि क्यानले कात्तिक २१ र २२ गते चुनाव तोकेको थियो । तर, राष्ट्रिय खेलकुद परिषद राखेपले चुनाव रोक्न निर्देशन दिएपछि हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment