Comments Add Comment

नेपालले चीनसँग फेरि अनुदानको इन्धन माग्यो

petrol (6)८ मंसिर, काठमाडौं । नेपालले चीनसँग थप इन्धन अनुदानका रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । भारतको नाकाबन्दी अझै केही समय लम्बिने देखिएपछि नेपाल सरकारले चीनसँग थप इन्धन अनुदानका रूपमा उपलब्ध गराउन आग्रह गरेको हो ।

भारतीय नाकाबन्दीले इन्धन आपूर्ति असहज भएपछि आपत्कालीन रूपमा सहयोगका लागि भन्दै चीनले हजार मेट्रिकटन अर्थात् १३ लाख लिटर पेट्रोल नेपाललाई दिइसकेको छ । यसैगरी, नेपालले चीनसँग ग्यास ल्याउन बुलेट पनि अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको छ । नेपालसँग ग्यास ढुवानीका लागि एउटा पनि बुलेट नभएकाले अनुदानका रूपमा बुलेट उपलब्ध गराइदिन आग्रह गरेको नयाँ पत्रिकामा खबर छ ।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले पाँच हजार मेट्रिकटन खाना पकाउने ग्यास, २६ लाख लिटर पेट्रोल र २६ लाख लिटर डिजेल अनुदानका रूपमा उपलब्ध गराइदिन चीनसँग आग्रह गरिएको जानकारी दिए । ‘अनुदानमा थप इन्धन उपलब्ध गराउन चीनलाई आग्रह गरेका छौँ,’ सचिव उपाध्यायले संसद्को लेखा समितिको सोमबारको बैठकमा भने, ‘चीनले यसबारे केही प्रतिक्रिया दिइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment