Comments Add Comment

रेडियो परासीमा पेट्रोल बम प्रहार, रेडियो बन्द

१० मंसिर, नवलपरासी । सामुदायिक रेडियो परासीको कार्यालयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । पेट्रोल बम प्रहारपछि रेडियोको प्रशारण अनिश्चित समयका लागि बन्द गरिएको छ ।

Radio-Parasiगएराति करिव दश बजे अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको र कार्यालय परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाइकलमा आगजनी गरेको प्रवन्ध निर्देशक मेघराज गौतमले अनलाइनखबरलाई जानकारी दिए ।

आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने रेडियोको भवनमा पनि आंशिक क्षति पुगेको छ ।

‘पेट्रोल बम प्रहार गर्नु अघि ९८५७०४५८९४ नम्बरको मोवाइलबाट रेडियोमा फोन गरी अज्ञात व्यक्तिले धम्की पनि दिएको थियो,’ प्रवन्ध निर्देशक गौतमले भने, ‘यसअघि पनि समाचारको विषयलाई लिएर पटक-पटक धम्की आउँथ्यो अब सुरक्षाको ग्यारेन्टी नभएसम्म प्रसारण सुरु गर्दैनौं ।’

Bike-ma-aagjani,-Radio-Paraनवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले घटनाबारे अनुसन्धान भैरहेको बताए ।

रेडियो स्टेशनमा भएको आक्रमणप्रति सामुदायिक रेडियो परासी, ब्रोडकाष्टिङ एशोसियसन अफ नेपाल पश्चिमाञ्चल, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, सञ्चारगृह सञ्जाल लगायतले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै घटनाको भ्रत्सना गरेका छन् । उनीहरुले आक्रमणकारीको शीघ्र पहिचान गरी कडा कारवाही गर्न तथा पत्रकार र सञ्चारगृहको सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment