Comments Add Comment

आइफोन सेभेनमा हेडफोन पोर्ट नहुने

एप्पलले आफ्नो आगामी नयाँ संस्करणको आइफोन सेभेनमा हेडफोन पोर्ट नराख्ने भएको छ । हेडफोन पोर्ट राख्नु नपरेपछि एप्पललको आइफेन सेभेन अझै पातलो हुने निश्चित भएको छ ।

IPhone7म्याक ओटाकारा अनलाइनले सार्वजनिक गरेको खबर अनुसार परम्परागत ३.५५ मिलिमिटरको हेडफोन पोर्टको साटो आइफोन सेभेनमा हेडफोन प्लग गर्नका लागि लाइटनिंग पोर्ट रहनेछ ।

फोनलाई अझै पातलो बनाउनका लागि हेडफोन्समा पनि नयाँ फिचर्स थप गरिनेछ । नयाँ हेडफोनले विद्युत चार्ज थुत्न सक्नेछ । सोही कारण यसमा एम्प्लिफायर हुनुका साथै विभिन्न एपहरुको बारेमा फोनलाई जानकारी दिने प्रविधि समेत रहने बताइएको छ ।

तर विद्यमान आइफोन धनीहरुले नयाँ एडाप्टर खरीद गर्नुपर्नेछ जसले पूरानो फम्र्याटलाई युएसबी स्वरुपमा ढाल्नेछ ।

स्मरण रहोस् अन्य विभिन्न स्मार्टफोन कम्पनीहरुले समेत स्मार्टफोनलाई निकै पातलो बनाउनका लागि पूरानो हेडफोन पोर्टको साटो युएसबी अडियो पोर्ट राखिसकेका छन् ।

एप्पललको आइफोन सेभेन अर्को वर्षको सेप्टेम्बरमा मात्रै सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment