Comments Add Comment

दिल्लीमा कमल थापाको दाबीः मधेसी मोर्चासँग तीन चरणको राजनीतिक सम्झौता भइसक्यो

Kamal-Thapa

१७ मंसिर, काठमाडौं । दिल्ली भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नाकाबन्दी अन्त्यका लागि सरकार र मधेसी पार्टीबीच तीन चरणको राजनीतिक सम्झौता भएको दावी गरेका छन् ।

मधेसी मोर्चासँग वार्ता छाडेर दिल्ली पुगेका थापाले विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने प्रयासमा छन् । तर, भेटको सम्भावना निकै कम रहेको स्रोतले जनाएको छ ।

दिल्लीमा ‘द हिन्दु‘ पत्रिकालाई दिएको अन्तरवार्तामा उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले सम्झौता प्रारम्भीक चरणमा रहेको बताएका छन् । नाकाबन्दीपछिको तीन महिनामा राजनीतिक क्षेत्रमा अतिवादी सोचहरु हावी भएको भन्दै थापाले त्यसलाई रोक्न पनि दलहरु समझदारीमा पुगेको दाबी गरेका छन् ।

यो सम्झौताले मधेसीहरुले माग गरेको प्रदेशिक सींमाकनका साथै राजनीतिक र सांस्कृतिक अधिकारलाई सम्बोधन गर्ने थापाले बताए । उनका अनुसार सीमांकनको विषय तीन महिनाभित्र कार्यान्वयन भइसक्नेछ भने अरु सहमति तत्काल कार्यान्वयन हुनेछन् ।

समाधानको प्याकेजमा संविधान संशोधन पहिलो खुडकिलो रहेको बताइएको छ । उपप्रधानमन्त्री थापाले नयाँ सरकारले संविधान संशोधन प्रस्ताव तयार पारेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment