Comments Add Comment

मधेस आन्दोलनको समर्थनमा काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

Naya Sakti Protest At KTM (5)

२७ मंसिर, काठमाडौं । मधेस आन्दोलनको समर्थनमा नयाँ शक्ति निर्माण अभियानसहितले राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

नयाँ शक्ति निर्माण अभियान, मधेसी मोर्चासहितको संघीय गठवन्धन र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त रुपमा विरोध सभा गरेका हुन् ।

विरोधसभा अघि भद्रकाली र शान्तिबाटिकाबाट र्‍याली निकालिएको थियो । र्‍यालीमा जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधर, नागरिक समाजका डा. सुन्दरमणि दिक्षित, नयाँ शक्तिका रामकुमार शर्मा, गंगा श्रेष्ठ लगायत सहभागी थिए ।

नयाँ शक्ति निर्माण अभियानमा संलग्नहरु भने सतो क्यापसहित र्‍यालीमा सहभागी भएका थिए ।

Naya Sakti Protest At KTM (4)

नयाँ शक्ति निर्माण अभियानका नेता रामकुमार शर्माले अनलाइनखबरसँग भने-‘मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्‍यो र तराई मधेस, काठमाडौं सहितका जनता संकटमा छन् । कालोबजारी बढेको छ । यो समस्या समाधान गर्न दबाव दिन नागरिक विरोध सभा गरेका हौं ।’

Naya Sakti Protest At KTM (2) Naya Sakti Protest At KTM (3) Naya Sakti Protest At KTM (6) Protest At KTm

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment