Comments Add Comment

एप्पलका सिइओको वर्षदिनको तलब भत्ता १ अर्ब, सबैभन्दा धेरै तलब खानेमा महिला हाकिम

tim-cook

विश्वको नम्वर वान टेक कम्पनी एप्पलका मुख्य मानिस अर्थात् प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले पाउने तलब भत्ता चानचुने हुने त कुरै भएन । त्यसैले एप्पलका वर्तमान सिइओ टिम कुकले गत वर्ष सन् २०१५ मा १ अर्ब रुपैयाँ भन्दा बढि वाषिर्क तलबभत्ता बुझेका छन् ।

अघिल्लो वर्षको तुलनामा सन् २०१५ मा कुकको तलब भत्तामा ११.५ प्रतिशतले वृद्धि भएको हो । र उनले पछिल्लो एक वर्षमा एप्पलबाट १ करोड ३ लाख डलर रकम बुझेका छन् ।

कुकको आधारभुत बेतनमा गत वर्ष १४.४ प्रतिशत अर्थात् २० करोड रुपैयाँले वृद्धि भयो भने नन इक्विटी इन्सेन्टिभमा १९ प्रतिशतले वृद्धि भएर ८० करोड रुपैयाँ पुगेको छ ।

सायद यतिधेरै तलब भत्ता थाप्ने कुक एप्पलको एकमात्र कर्मचारी होलान् र अन्य कर्मचारीको तलब उनको भन्दा निकै कम होला भन्ने सोँच्नुहोला । तर अचम्मको कुरा के छ भने एप्पलका उच्च पदस्थ कार्यकारीहरुमध्ये कुकले पाएको तलब भत्ता सबैभन्दा कम हो ।

कम्पनीका प्रमुख वित्तिय अधिकृत लूकाको वाषिर्क तलबमा ८१ प्रतिशतले वृद्धि भएको छ र उनले गत वर्ष अढाइ अर्ब रुपैयाँ भन्दा बढि तलब भत्ता बुझेका छन् । रिटेल एण्ड अनलाइन स्टोरका वरिष्ठ उपाध्यक्ष एन्जेला गत वर्ष एप्पलमा सबैभन्दा बढि तलब भत्ता बुझ्ने कर्मचारी हुन् । उनले गत वर्ष उनले २ अर्ब ६० करोड रुपैयाँ भन्दा बढि तलब भत्ता बुझेकी छिन् ।

गत वर्ष सन् २०१५ मा एप्पललको बिक्रि २८ प्रतिशतले बढ्यो भने मुनाफा ३५ प्रतिशतले बढेको बताइएको छ । तर सन् २००८ यता पहिलोपटक एप्पललको शेयर मूल्यमा भने गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment