Comments Add Comment

एनसेल एपक्याम्प २०१५ का बिजेताले पाए पुरस्कार

ncell२७ पुस, काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले आयोजना गरेको ‘एनसेल एपक्याम्प २०१५’ का बिजेता र सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको छ ।

एपक्याम्पमा चारवटा विधामा प्रतिस्पर्धा गराइ बिजेताहरु यसअघि नै घोषित गरिएको थियो । बिजेताहरुलाई सोमबार पुरस्कार प्रदान गरिएको हो ।

गेम एण्ड इन्टरनेनमेन्ट विधामा अननेमड समुह बिजयी भएको छ । समुहका प्रतिनिधिलाई काठमाडौं कलेज अफ म्यानेजम्यान्टका प्रवन्ध निर्देशक विष्णुराज अधिकारीले नगद २ लाख ५० हजारसहित प्रमाणपत्र प्रदान गरे ।

त्यसैगरी, ग्रान्ड विनरतर्फ भने स्वास्थ्य विधाबाट स्किम कन्सल्ट, टुरिज्म विधामा, पिन पिक समूह, युटिलिटिमा निडर समुह बिजय भएको थिए । ग्रान्ड बिजेतालाई साढे ७ लाख रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment