Comments Add Comment

सिद्धार्थ बैंकको नयाँ शाखा कीर्तिपुर र चाबहिलमा

४ चैत, काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको किर्तिपुर र चावहिलमा आफ्नो शाखा विस्तार गरेको छ । किर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्काले किर्तिपुर शाखाको उद्घाटन गरिन् ।

चाबहिल शाखाको उद्घाटन चाबहिल वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा सम्पन्न भयो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १ हजार २ सय भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नगद रहित कारोवार प्रवर्द्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन ‘भेरिफाइड बाए भिसा’ सेवा प्रविधिको अवलम्वन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment