Comments Add Comment

प्रभु बैंकको नयाँ शाखा चन्द्रगढी र उर्लाबारीमा

४ चैत, काठमाडौं । प्रभु बैंक लिमिटेडले झापाको चन्द्रगढी र मोरङको उर्लाबारीमा आफ्नो शाखा विस्तार गरेको छ ।  बैंकले चन्द्रगढी नगरपालिका वडा नं. ७ र उर्लाबारी नगरपालिका वडा नं. ७ मा शाखा सञ्चालनमा ल्याएको हो ।

चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले र उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे ।

सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ दुई ठाउँमा शाखा खोलिएको बैंकले जनाएको छ ।

सोमबारदेखि सञ्चालनमा आएका बैंकको चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सक्ने र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment