Comments Add Comment

ग्यास आयातको कोटा बढाउने आयल निगमको प्रस्ताव

Gas-Bullet-Intering-in-Nepa
३० पुस, काठमाडौं । नेपाल आयल निगमले ग्यास आयातको कोटा बढाउन प्रस्ताव गरेको छ ।

हाल मासिक २९ हजार मेट्रिक टन ग्यासको कोटा ताकेको आयल निगमले अब डेढ गुणा कोटा बढाउने तयारी गरेको छ । आइओसीले स्वीकृति दिएमा अब नेपालमा मासिक ४३ हजार ५ सय मट्रिक टन ग्यास आयात हुनेछ ।

‘धेरै उपभोक्ताको घरमा ग्यास छैन । सबै नाका नखुलेसम्म ग्यासको आयात पनि सहज हुँदैन’ आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनलाइनखबरलाई भने, आपूर्ति नबढाएसम्म ग्यासको समस्या हल नहुने देखेपछि कोटा बढाउन लागेका हौं ।

तत्काल चीनबाट पनि ग्यास ल्याउन नसक्ने देखिएपछि भारतबाट नै ग्यासको कोटा बढाएर ल्याउन औपचारिक छलफल सुरु भएको हो

भारतीय आयल कर्पोरेशन (आइओसी) सँग ग्यासको कोटा बढाउन औपचारिक रुपमा आग्रह गरिसकिएको उनले बताए । त्यसमा आईओसीको सकारात्मक जवाफ दिएको छ ।

आइओसीले कोटा बढाउने संकेत गरेपछि आयल निगमका वितरण विभाग प्रमुख मुकुन्द घिमिरे मंगलबार मुम्बइ गएका छन् । उनलाई आइओसीका अधिकारीसँग छलफल गरी ग्यासको कोटा बढाउने वातावरण बनाउने जिम्मेवारी दिएर दिल्ली पठाइएको हो ।

तत्काल चीनबाट पनि ग्यास ल्याउन नसक्ने देखिएपछि भारतबाट नै ग्यासको कोटा बढाएर ल्याउन औपचारिक छलफल सुरु भएको निगमले जनाएको छ । ‘तत्काल चीनबाट ग्यास ल्याउन सकिने कुनै सम्भावना नदेखेपछि भारतमै भर पर्नुपर्छ’ निगमका एक उच्च अधिकारीले भने-‘अब भारतले कोटा नबढाएसम्म नेपालमा ग्यासको अभाव साम्य हुँदैन । त्यसैले आयल निगमले आइओसीसँगै सम्वाद थालेको हो ।’

२ सय बुलेट थपिँदै

अहिले मासिक २९ हजार मेट्रिक टन कोटा भएपनि विभिन्न कारण देखाउँदै निगमले १५ हजार मेट्रिकटन मात्र ग्यास ल्याइरहेको छ

वीरगञ्जमा मधेसी मोर्चाको नाकाबन्दीका कारण झण्डै २ सय बुलेट रक्सौलमा अडि्कएपछि बुलेटको संख्या थप गर्न पनि निगमले पहल थालेको छ । मुम्बइ पुगेका आयल निगममा प्रवक्ता घिमिरेले यस विषयमा पनि ट्रान्सर्पोटरसँग छलफल गर्नेछन् ।

झण्डै २ सय ग्यास बुलेट थप गर्ने निगमको तयारी छ । ‘रक्सौलमा धेरै बुलेट अडि्एपछि ग्यास लोडिङमै समस्या छ । त्यसैले बुलेट थप गरेर सकेसम्म धेरै ग्यास भित्राउने योजना बनेको हो’ निर्देशक खड्काले भने-‘त्यसो भएमा अहिलेको कोटा अनुरुप ग्यास भित्राउन सकिन्छ ।’

अहिले मासिक २९ हजार मेट्रिक टन कोटा भएपनि विभिन्न कारण देखाउँदै निगमले १५ हजार मेट्रिकटन मात्र ग्यास ल्याइरहेको छ । बुलेट थप भएपछि ग्यासको आपूर्ति बढ्ने खड्काले दावी गरे । रक्सौलमा रोकिएका सबै बुलेट रि-रुट गर्न पनि पहल सुरु भएको छ ।

गोन्डा र बेतालपुरमा पेट्रोलको भर

बेतापुरबाट दैनिक औसत २ सय र गोन्डाबाट दैनिक १ सय ८० किलोलिटर पेट्रोल आइरहेको छ

आयल निगमले पेट्रोलको आपूर्ति बढाउन पनि भारतीय आयल कर्पोरेसनसँग अनुरोध गरेको छ । बेतापुर र गोन्डा डिपोबाट दैनिक ४/४ सय किलोलिटर पेट्रोल दिने व्यवस्था गर्न आयल निगमले आइओसीलाई भनेको छ ।

त्यसमा सकारात्मक भएपनि आइओसीले अझै ति डिपोबाट पेट्रोलको आयात बढाएको छैन । बेतापुरबाट दैनिक औसत २ सय र गोन्डाबाट दैनिक १ सय ८० किलोलिटर पेट्रोल आइरहेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

घिमिरेले मुम्बइमा आइओसीसँग मुख्य गरी पेट्रोलको आपूर्ति बढाउन पनि पहल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment