Comments Add Comment

विशाखापटनमबाट सामान आयात गर्न नेपालका व्यवसायीको माग

६ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतको विशाखापटनम बन्दरगाहबाट सामान आयात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

Nepal-Chembar-of-Commerceचेम्बरको टोलीले बुधबार वाणिज्यमन्त्री दिपक बोहोरालाई भेटेर कलकत्ताको विकल्पमा विशाखापटनम बन्दरगाहबाट सामान आयात गर्ने व्यवस्था गर्न माग गरेको हो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कलकत्ता बन्दरगाहमा निकै भीड हुने गरेको भन्दै तेस्रो मुलुकबाट सामान आयातका लागि विकल्पमा विशाखापटनम बन्दरगाह प्रयोग गर्ने बारेमा सरकारले तत्काल गृहकार्य अगाडि बढाउनुपर्ने बताए ।

‘त्रिपक्षीय सम्झौता आवश्यक’

जवाफमा वाणिज्यमन्त्री दीपक बोहोराले नेपाली व्यापारीहरुका लागि विशाखापटनम बन्दरगाह उपयुक्त भएपनि यस विषयमा नेपाल, बन्दरगाह व्यवस्थापन र भारतीय रेल सेवाबीच त्रिपक्षीय सम्झौता आवश्यक रहेको बताए ।

उनले विशाखापटनम बन्दरगाहमार्फत सामान आयात गर्ने बारेमा आफू सकारात्मक रहेको भन्दै यस विषयमा चेम्बर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले एउटै धारणा बनाउनुपर्ने बताए ।

भारतको आन्द्र प्रदेशमा अवस्थित विशाखापटनम बन्दरगाह नेपाली सीमाबाट करिब १४ सय ४० किलोमिटर टाढापर्छ । नेपालले यो बन्दरगाह प्रयोग गर्नेबारे ७ वर्ष पहिले नै इच्छा देखाएपनि अहिलेसम्म निर्णय हुन सकेको छैन । नेपाल अहिले आयात निर्यातका लागि कलकत्ता बन्दरगाहमा निर्भर रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment